प्रेस चौतारी नेपाल महिला विभागको पहिलो बैठक आज सम्पन्न भएको छ । महिला विभाग प्रमुख दिप्तीशिखा चौधरीको अध्यक्षता एंव प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सवीन प्रियासनको प्रमुख आतीथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले यहि भदौँ २३ गते महिलाहरुको महान पर्व हरीतालीका तीज विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । तीज विशेष कार्यक्रमलाई सभ्य र भव्य रुपमा मनाउँनका लागि “तीज पर्व र यसको महत्व” का विषयमा कार्यपत्र प्रश्तुत गर्ने निर्णय गरेको छ । यसका लागि प्रेस चौतारीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सह – ईञ्चार्ज रीता लामा लाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै आजको पहिलो बैठकले महिला विभागको सल्लाहकार चयन गरेको छ । सल्लाहकारहरुमा सुधासुमन ढकाल,विमला घर्ती, रचना सुवेदि, राधा पौडेल र जया पाण्डे, लक्ष्मी के.सी.लाई चयन गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख अथीती तथा चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले महिला विभागले महिला पत्रकारहरुलाई एकत्रीत गर्नका लागि अहम भुमिका खेल्नुपर्ने बताउँनुभयो । महिला पत्रकारहरुलाई अझ पेसामा टिकाईरहनका लागि कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउँनुभयो ।
यस्तै प्रेस चौतारी दाङका अध्यक्ष ईन्द्र डि।सी।ले चौतारीको एक अंग भनेको महिला विभाग रहेकाले सहकार्य मार्फत अगाडी बढ्नुपर्ने बताउँनुभयो । प्रेस चौतारी संगठीत र चलाएमान बनाउँन संगठित हुनुपर्ने बताउँनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी.ले प्रेस चौतारीले सामाजीक कार्यलाई अगाडि बढाउँदा समाजमा राम्रो सन्देश जाने सुझाव दिनुभयो । संगाठित भएर अगाडि बढेको प्रेस चौतारीले अझै सकारात्मक तरीकाले उत्तरदायीत्व निर्वाह गर्नुपर्ने बताउँनुभयो ।
बैठकमा चौतारी केन्द्रिय सदस्य सन्तोष दहित, लुम्बिनी प्रदेश सचिव रञ्जीता शर्मा, चौतारी सल्लाहकार जे।एन। सागर, सचिव किरण गौतम,सदस्य मनु डि।सी। लगाएतले आ – आफनो धारणा राख्नुभएको थियो । सह – संयोजक लक्ष्मी पोख्रेलको स्वागत मन्तब्य बाट शुरु भएको बैठकको सहजीकरण विभागका सचिव सुरक्षा चौधरीले गर्नुभएको थियो ।