लक्ष्मण बस्नेत
एड्भान्स योग प्रशिक्षक प्रशिक्षण लिन मध्य दाङको २१ सदस्यीय महिला टोली भारतको हरिद्वार प्रस्थान गरेको छ ।
पतन्जली योगपिठ हरिद्वारको निमन्त्रणामा एक हप्ते एड्भान्स प्रशिक्षक प्रशिक्षणमा सहभागी हुन टोलि त्यस तर्फ प्रस्थान गरेको हो ।
टोलि लाई पतन्जली योग अरनिको साधना केन्द्र तुलसिपुरले एक कार्यक्रमको आयोजना गरि खादा तथा टीका लगाएर बिदाई गरेको केन्द्र अध्यक्ष लोकराज गिरिले जानकारी दिनु भएको छ ।
टोलिमा मध्य दाङका तुलसिपुर उपमहानगरपालिका,दङ्गिशरण ,शान्तिनगर र बबई गाउपालिकाका स्थापित केन्द्रका महिला सह योग प्रशिक्षकहरुको सहभागिता रहेकोछ ।
कार्यक्रम अरनिको साधना केन्द्रका अध्यक्ष लोकराज गिरिको अध्यक्षता तथा आचार्यकुलम् बिधालय क्षेत्र न २ का संयोजक तथा पतन्जली योग दाङ जिल्ला सदस्य टेक प्रकाश केसिको प्रमुख आतिथ्य र आचार्यकुलम् बिधालय तुलसिपुरका प्रधान अध्यापक मिलन बुढाथोकिको विशिष्ट आतिथ्यमा भएको थियो ।
अरनिको साधना केन्द्रका उपाध्यक्ष गङ्गा वलि खड्काको स्वागत रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी टेक प्रकाश केसि, विशिष्ट अतिथी मिलन बुढाथोकी,पन्तजली योग तुलसिपुर नगर समितीका महासचिव बिमल श्रेष्ठ, नेपाल योग खेलकुद संघ दाङका अध्यक्ष लक्ष्मण बस्नेत,हात्तिखौवा साधना केन्द्रका अध्यक्ष पुष्कर श्रेष्ठ,अरनिको साधना केन्द्रका वरिष्ठ उपाध्यक्ष पवित्रा धिताल,भुयारथान साधना केन्द्रका सल्लाहकार शारदा बस्नेत लगाएतले बिदाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन पतन्जली योग तुलसिपुर नगर समिती सचिव तथा अरनिको साधना केन्द्रका ब्यबस्थापन संयोजक पुर्ण प्रसाद धितालले गर्नु भएको थियो ।