मानव अधिकार तथा शान्ति समाजको स्थापना दिवसको अवसरमा शनिबार सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आबश्यक बिषयक नागरिक संवाद तुलसीपुरमा सम्पन्न भएको छ । नागरिक संवादले सुशासन प्रबद्र्धनमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुनु र थप जवाफदेहि बनाउन मद्धत उदेश्यले विभिन्न सराेकारवालाहरुुले सुझाव दिएका छन् ।
साे अवसरमा बाेल्ने बक्ताहरुले अधिकार मात्र खोजी होईन कर्तब्यको बोध पनि आबश्यक रहेको,सुशासन र अधिकारका बारेमा गाँउका नागरिक र उपभोक्तालाई पनि सचेतना बृद्धि गर्नुपर्ने, अपाङताको अधिकार,दलितको अधिकार,जेष्ठ नागरिकको अधिकार,यौनिक तथा अल्पसंख्यक समुदायको अधिकार,महिलाको अधिकार लगायतलाई सामाजिक न्याय दिने गरि अभियान र कार्यक्रम गरि राज्यलाई बोध गराउन सुझाव दिएका छन् ।
नेपाली काग्रेस दाङका देवा डाँगीले बिधान नै सर्बोच्च कानुनमा सुशासनको कुरा समेत उल्लेख गरिएको बताउनुभयो । बिधानले पार्टीमा आबद्ध हरेक नेता, पदाधिकारी,समितिका सदस्य तथा सक्रिय सदस्यमा सुशासन चरित्र प्रदर्शन गर्नुपर्ने उल्लेख रहेको बताउनुभयो । उल्लेख भएपनि कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ ।
नेकपा एमालेका जिल्ला कमिटि सदस्य युवा कराराले नेतृत्व तहले चरित्र सुधार गर्न नसक्दा आलोचना खेप्नुपर्ने अबस्था सृजना भएकाले अव पार्टी भित्र खवरदारीको आबश्यकता रहेको बताउनुभयो ।
नेकपा माओबादीका नेता डिल्ली अधिकारीले केही नेतामा सुशासनको चरित्र छैन तर पार्टीको कार्यकर्ताका कारण त्यसको बिरोध गर्न नसक्ने अबस्था देखिन्छ । अव सुशासन प्रवद्र्धनका लागि आलोचना तथा खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा केन्द्रिय सदस्य तुलसीराम सुनार,महिला अधिकारकर्मी सुष्मा गिरी, तुलसीपुर चेम्वर अफ कर्मशका महासचिव प्रेम प्रकास गिरी, तुलसीपुर उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष देवबहादुर केसी, एन प्यावसनका केन्द्रीय सदस्य प्रकास कुमार शर्मा, सहायता केन्द्र नेपालका खेम सेन्चुरी, नेपाल रेडक्रस सोसाईटीका भीम मरासीनि, राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा, नेपाल पत्रकार महासंघका सहसचिव दिप्ती शिखा चौधरी, अपाङ समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरी बहादुर खडका, शान्ति समाजका निर्वतमान सभापति नविन पोख्रेल लगायतले बिभिन्न सुझाब दिनुभएको थियो ।
कार्यक्रममा नागरिक समाजको हस्तक्षेप आबश्यक बिषयक नागरिक संवाद बिषक अवधारणा पत्र प्रस्तुत केन्द्रिय सचिव निर्मल नेपाली, सबै बक्ताको बिचार,सुझाव र आलोचनाको संक्षेपीकरण निवर्तमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले गर्नुभएको थियो ।
शाखाका सभापति कोमल डिसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हाे ।
शाखा सदस्य तिलसरा पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।
यसैबिच शुक्रबार रक्त दान कार्यक्रम सम्पन्न भएको छ । साता ब्यापी कार्यक्रम अन्तर्गत जेठ २० गते लागू पदार्थ दुर्ब्यशनी बिरुद्ध बिद्यालय केन्द्रित कार्यक्रम, जेठ २१ गते जातीय छुवाछूत बिरुद्धको कार्यक्रम, जेठ २२ गते बबई नदि घाट सरसफाई र जेठ २३ गते बिश्व बाताबरण दिवसको अबसरमा तुलसीपुरको रझेना स्थित बृद्ध आश्रम परिसरमा सस्थापक सभापति कृष्ण पहाडीज्यु लगायतको सहभागीतामा रोपीएका बिरुवाको गोडमेल र सरसफाई गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम ब्यबस्थीत रुपमा सम्पन्न गर्न शाखाका कार्यसमितिका बिभिन्न ब्यक्तिहरुलाई संयोजनको जिम्मेवारी समेत दिएको छ ।
यसैबिच, जेठ १५ गते गणतन्त्र दिवसको अबसरमा दिप प्रज्वलन र जेठ १६ गते लोकतान्त्रीक गणतन्त्र ः असललाई जिम्मेवारी खवारलाई दण्ड भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन र १७ गते अपाङगता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको शाखाले जनाएको छ ।