अखील नेपाल महिला संघ दङ्गिशरणले तीज मिलन तथा अट्वारीकाे शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । अलील नेपाल महिला संघ दंगीशरणका अध्यक्ष नन्दा कुमारी बस्नेतको अध्यक्षता एंव केन्द्रिय सदस्य तुलसा के.सी.को प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतीथी के.सी.ले महिलाहरुको हक अधिकार सुनिश्चीतताका लागि महिला आफै जागरुक हुनुपर्ने बताउँनुभयो । समाज रुपान्तरणका लागि महिलाहरुको ठुलो देन रहेको भन्दै आर्थीक रुपले पनि सम्पन्न हुन जरुरी रहेको बताउँनुभयो ।
“३३ प्रतीशतमा सिमीत हुनुहुदैन, हरेक तहको नेतृत्वमा महिला आउँनुपर्ने गरि क्षमता विकास गर्नुपर्छ । महिलाहरुको नेतृतत्वले नै परिवार देखि समाज, राष्ट्रको विकास हुन्छ । यसका लागि महिला शसक्तीकरणको अभियानमा लाग्नुपर्छ ।”- उहाँले भन्नुभयो ।
सो अवसरमा प्रदेश सदस्य दंगीशरण ईञ्चार्ज सिमा न्यौपानेले दंगीशरणमा महिलाहरुको एकजुट भएमा सामाजीक, राजनीतक र आर्थीक रुपले अगाडी बढ्न सकिने बताउँनुभयो । उहाँले महिलाहरुको महान पर्व तीजलाई खर्चिलो, भड्किलो नभई उत्साह र उमंगका साथ मनाउँनुपर्ने बताउँनुभयो ।
नेकपा एमाले दाङ उपाध्यक्ष मनोहर बुढाथोकिले दंगीशरणको राजनीती धमीलो भएको प्रती चिन्ता ब्यक्त गर्दै यहाँको जिम्मेवारी ब्यक्तिहर यस विषयमा चिन्तित हुनुपर्ने बताउँनुभयो । “राजनीती गर्छु समाज रुपान्तर गर्छु भन्ने मात्र होईन काममा डटेर पनि लाग्नुपर्छ, जनताको घरघरमा जानुपर्छ, समस्याहरु सुन्नुपर्छ र त्यसको समाधानमा पनि लाग्नुपर्छ अनी मात्र दंगीशरणमा एमाले पार्टि बलीयो पार्टिको रुपमा अगाडि बढ्छ ।”- उहाँले भन्नुभयो ।
यस्तै जिल्ला सचिव श्याम डांगीले नेकपा एमालेले सबैको समस्या विकास निर्माण हो भन्दै सबै यस बिषयमा सल्लाह गर्दै नेकपा एमाले बलीयो बनाउँने अभियानमा लाग्नुपर्ने बताउँनुभयो ।
सो अवसरमा प्रदेश सल्लाहकार धमकली चौधरी लगाएतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो । हिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सीता बस्नेतले गर्नुभएको थियो ।