दंगीशरण गाउपालिका वडा न. २ मा कृषी हाटबजार लाग्ने भएको छ । यही कात्तिक २५ गते बिहान ७ बजेदेखी सञ्चालन हुने हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले जानकारी दिनुभयो ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र किसानको सहजताका लागि हाट बजार लाग्ने भएको हो । किसानहरुले उत्पादन गरेका बस्तु बिक्री बितरणका लागि तुलसीपुर बजार धाउँनुपर्ने बाध्यता हटेर जाने आयोजकले अपेक्षा लिएको छ । हाम्रो राजापुर बहुउद्येश्यीय सहकारी संस्थाको आयोजना तथा दंगीशरण गाउँपालिका २ नम्बर वडा कार्यालय, दंगीशरण गाउँपालिका कृषी विकास शाखा र ग्रिन फाउन्डेसन नेपालको समन्वयमा दंगीशरण २ को कलमखोलामा कृषी हाटबजार लाग्ने भएको हो ।
दंगीशरण गाउँपालिकामा कृषि तथा वन उधमी समुह, फर्म र कृषकहरुले उत्पादन गरेका खाद्यान्न सामाग्री, तरकारी, फलफुल, हस्तकला सामाग्री, दुनाटपरी, खसि, बोका, कुखुरा, लगाएतका बस्तुहरु हाटबजारमा बिक्रीका लागि राखिने सहकारी संस्थाका अध्यक्ष विष्णु गौतमले बताउँनुभयो । हाट बजारमा आफुले उत्पादन गरेका कृषि तथा वनमा आधारीत सबै प्रकारका सामाग्रीहरु ल्याई बजारीकरणलाई ब्यवस्थित बनाईदिन किसानहरुलाई आयोजकले आग्रह गरेको छ ।