
दाङको तुलसीपुरमा मंगलबार साँझ ६ बजेदेखि कर्फ्यु लागू गरिएको छ।
कर्फ्यु अवधिमा सभा, जुलुस, प्रदर्शन, भेला र घेराउ पूर्ण प्रतिबन्ध गरिएको छ। तुलसीपुरका हात्तीखौवा, कृष्ण मन्दिर, आँखा अस्पताल र एयरपोर्ट नाकामा नेपाली सेना तैनाथ छन्।
बजार पूर्ण बन्द छ भने सेना–प्रहरीको संयुक्त गस्ती बढाइएको छ। यातायातका साधन सञ्चालनमा रोक लागे पनि अस्पतालहरू भने खुला रहेका छन्।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार कर्फ्यु क्षेत्र तुलसीपुरसँगै घोराही, भालुवाङ र लमहीसम्म तोकिएको छ ।
प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार

