काम नगरी जनतामाझ भ्रम छर्ने काम भयाे : महासचिव पाेख्रेल



णनेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिष्पर्धीले घोराही-तुलसीपुर चारलेन सडकबारे भ्रम सिर्जना गर्दा आफुले गत निर्वाचनमा पराजय बेहोर्नुपरेको बताउनुभएको छ ।

दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गत मंसिरमा भएको संसदीय निर्वाचनमा दाङको क्षेत्र नं. २ बाट पराजय बेहोर्नुको कारण तुलसीपुर-घोराही चार लेन सडक भएको बताउनुभयो ।

उहाँले सडबारबारे प्रतिष्पर्धीले मतदातामा भ्रम सृजना गरेका आफुले पराजय बेहोरेको बताउनुभयो ।  उहाँले अहिलेकी संचार मन्त्री तथा प्रतिष्पर्धी रेखा शर्माले डिजिटल एनेमेसन गरी रंगीचङ्गी भिडियो हालेर भ्रम पैदा गरेको समेत बताउनुभयो ।

महासचिव पोखरेलले देशमा कालोबजारी र तस्करतन्त्र मौलाउँदै जाँदा नागरिकले सास्ती पाएको बताउनु भएको छ । उहाँले नेकपा एमाले सरकारमा नरहँदा   हरेक उपभोग्य वस्तुको मूल्य बृद्धि  भएको र  विकास निर्माणका काम ठप्प अवस्थामा रहेको बताउनुभयो । आर्थिक संकटका कारण निर्माण व्यवसायीहरुले भुक्तानी पाउन नसक्दा योजना हरु अलपत्र परेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल दाङका कार्यबहाक अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सुधासुमन ढकाल र सहजीकरण सचिव किरण गौतमले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्