घाेराहिमा आईप्याक स्टोर उदघाटन



गोविन्द खड्का

आइफोनको आधिकारीक डिलर आईप्याक स्टोरको घोराही १५ भानु चोक नजिक उद्घाटन भएको छ । दाङ जिल्ला उद्योग वाणिजय संघका अध्यक्ष वसन्त जोशिले उद्घाटन गर्नुभएको थियो । पसल सञ्चालक सुवास रिजालका अनुसार आइफोनका सबै पाइने छ । यसमा ७५ लाख लगानी भएको वताउनुभयो ।

‘उता धेरै कमाई हुन्छकि भनेर विदेश तिर जाने युवाको सोँच भएको छ’ प्रमुख अतिथि अध्यक्ष जोशिले भन्नुभयो ‘उता गयरपनि धेरैले सफलता पाउनुभएको छैन ।’ उहाँले आफ्नै ठाउँमा गरेपछि धेरै सफलता पाइन्छ भनेर व्यवसाय शुरु गरेको भन्दै खुशि व्यक्त गर्नुभयो । उहाँका अनुसार यसले युवाहरुलाई प्रोत्साहन गर्ने छ । नेपालमै लागानि गर्नुपर्छ भन्ने सन्देश दिने छ ।

यसैगरी आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने उत्साह थपेको भन्दै लगानि गरेकोमा वक्ताहरुले धन्यावाद दिए । आर्थिक मन्दि भएको, सटर खालिहुँदै गएको बेलामा ठुलो लागानी गरेको वताए । आपसी सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल मोवाईल महासंघका केन्द्रिय उपाध्यक्ष दीपक पाण्डे, प्रदेश अध्यक्ष शेषनारायण शर्मा, लुम्बिनी प्रदेश महासचिव शालिकराम खनाल लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्