आज कात्तिक १३ गते मंगलबारकाे राशिफल



आज २०८१ साल कात्तिक १३ गते मंगलबार । सन् २०२४ अक्टोबर २९ तारिख। कात्तिक कृष्ण पक्षको द्वादशी तिथि।  ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल

मेष राशि – व्यवसायिक योजनाहरु बन्ने छन् ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला ।

बृष राशि – धार्मिक यात्रा हुनेछ ।आज दिन मध्ययम फलदायि रहला । पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।व्यवसायमा मनग्य आम्दानि होला ।

मिथुन राशि – मानसिक भयले सताउला ।आर्थिक संकट आउन सक्छ । शरीरमा आलस्य छाउनेछ ।व्यसाय सोचेअनुरुप सफल हुनेछैन । बोल्दा विचार गर्नुहोला ।स्वास्थ्य विग्रन सक्नेछ ।

कर्कट राशि – शत्रु क्षय हुनेछन् ।अधुरा कार्यहरु पूर्ण हुनेछन् ।राज्यवाट सम्मान प्राप्त होला ।वित्तिय संस्थावाट फाईदा हुननेछ ।कृषकहरुको लागि आज सफलतादायि दिन रहनेछ । शैक्षणिक सफलता पनि प्राप्त होला ।मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।

सिंह राशि – रोजगारका अवसर मिल्नेछन् ।आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन् । दिन मध्ययम फलदायि रहला ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ । बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला ।

कन्या राशि –गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।आफन्तको साथ सपोर्टले सहजता छाउला ।व्यवसाय राम्रो रहला ।स्वास्थ्यमा सुधारहुनेछ ।

तुला राशि –स्वास्थ्यमा धन खर्च हुनेछ ।सुखदुख ,हासोखुसि,लाभहानी बराबर प्राप्त होला । आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ ।प्रेमिप्रेमिका विच सुमधुर सम्वन्ध रहला ।

बृश्चिक राशि – आँटेका कार्यरु पूर्ण हुनेछन् ।धर्मकर्ममा मन जाला ।शुभ कर्मको चर्चा चल्नेछ ।आज भाग्यले साथ दिनेछ विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ ।

धनु राशि – शुभ समाचार सुन्न पाईएला ।धन एवं प्रतिष्ठा प्राप्त होला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।

मकर राशि – कार्य सम्पादनमा समस्या आउला ।मनमा चिन्ता भय उत्पन्न होला । विश्वास गरियका व्यक्तिले घात गर्नेछन् सजग हुनुहोला ।शरीरमा निराशा एवं आलस्य उत्पन्न होला । आर्थिक संकटले मनमा छटपटिनु हुनेछ ।

कुम्भ राशि – मनमा अनेकन विचार वढ्नाले मन अशान्त रहला । नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । निर्णायत्मक क्षमतामा कमि अाउला । आर्थिक क्षेत्रमा कठिनाई आउला । स्वास्थ्यमा ख्याल राख्नु होला ।

मिन राशि – नयाँ काम शुरु गर्न सकिने समय रहेको छ ।मान सम्मान बढ्नेछ ।सामाजीक कार्यमा प्रेरित भैएला । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।अरुलाई छिट्टै प्रभावित पार्न सकिनेछ । कार्य सम्पादनमा सहजता आउला । पारिवारीक सद्भावमा भने मिठास आउला ।आँटेका कार्यहरु विस्तारै अगडि वढ्नेछन् ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्