स्व.जैसीको १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली कार्यक्रम सम्पन्न



नेपाल पत्रकार महासघंका राष्ट्रिय परिषद सदस्य तथा नेपाल पत्रकार महासघ दाङको अक्षयकोषकर्ता एवं नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरेकी सासुआमा स्व.सोवर्णा कुमारी जैसीको १३ औं दिनको पुन्यतिथिका अवसरमा श्रद्धाञ्जली  कार्यक्रम गरिएको छ ।

आज शुक्रवार नेपाल पत्रकार महासघं दाङ शाखा,प्रेस युनियन,प्रेस चौतारी र प्रेस सेन्टर दाङको संयुक्त आयोजनामा तुलसीपुरमा श्रद्धान्जली कार्यक्रम भएको हो । त्यस कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले नारायणी रजौरेलाई पत्रकारिता क्षेत्रमा स्थापित गर्नका निम्ती परिवारको ठुलो देन रहेको बताउनुभयाे । बिबाहपछि पत्रकारि क्षेत्रमा स्थापित हुन एक महिलालाई ठुलो संघर्ष गर्नुपर्ने बताउँदै पोख्रेलले सासुले छोरी सरह अपनाउँदा रजौरेलाई यस पेसामा आवद्ध हुन सहज भएको तर्क गर्नुभयाे। उँहाले पत्रकारिता क्षेत्रको सुरुवाती अवस्थादेखि हालसम्म परिवारका हरेक सदस्यहरुको सहयोगबाट रजौरे दशकौँ वर्षसम्म पत्रकारिता क्षेत्रमा टिक्न सफल भएको बताउनुभयाे । साथै  आमाले देखाएको मार्गदर्शनमा हिड्न परिवारका सदस्यहरुलाई आग्रह समेत गर्नुभयाे।

नेपाल पत्रकार महासघं दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य चेतन रेग्मी,अन्जना चौधरी,प्रेस चौतारीका केन्द्रिय गणेश आचार्य,नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम,दाङ शाखा अध्यक्ष नारायण खड्का प्रेस चौतारी दाङका सल्लाहकार जेएन सागर लगााएत विभिन्न संघसंगठनका पत्रकारहरुको उस्थिती थियो । कार्यक्रममा स्व.जैसीकी बुहारी नारायणी रजौरेले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे  भने सहजीकरण महासघं दाङका सचिव आरके शितलले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्