दाङको तुलसीपुरमा अटो टेम्पो प्रालि बीच कार्यगत एकता गर्ने निर्णय



 

दाङको तुलसीपुरमा रहेका अटो टेम्पोका प्रालिहरु बीच कार्यगत एकता हुने भएको छ । तुलसीपुरमा संचालित दाङ भ्याली, नमस्ते एकता, सार्वजनिक मालिका कालिका, पश्चिम छहरा र रोज यातायात प्रालि बीच टेम्पो महासंघ स्थापना गरी कार्यगत एकता गर्ने निर्णय भएको हो ।
शुक्रबार बसेको प्रालिका पदाधिकारी र प्रतिनिधिहरूको बैठकले उक्त निर्णय पारित गरेको नमस्ते एकता यातायात प्रालिका सल्लाहकार ईश्वरी प्रसाद गैरेले जानकारी दिनुभयो ।
बैठकले महासंघ निर्माणार्थ ईश्वरी प्रसाद गैरेको संयोजकत्वमा ६ सदस्यीय तदर्ष समिति गठन भएको छ । उक्त समितिले केही दिन भित्रै महासंघलाई कानुनी रुपमा दर्ताको प्रकृयामा अगाडि बढाउने बताइएको छ ।
यस्तै बैठकले अटोको पार्किङ व्यवस्थापनका निम्ति स्थानिय सरकार संग छलफल गर्ने निर्णय समेत गरेको छ । उक्त निर्णयले अटो टेम्पोका प्रालीहरु बीच भैरहेको अस्वस्थ प्रतिस्प्रधाको अन्त्य गर्नुका साथै व्यवस्थापनमा पनि ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्