गायक हेमन्त शर्माको ‘रुन्न भन्दा नि आँसु खस्दो रैछ’ सार्वजनिक



गायक हेमन्त शर्मा नयाँ गीत लिएर बजारमा आएका छन्। उनले आफ्नै शब्द तथा संगीतमा ‘रुन्न भन्दा नि आँसु खस्दो रैछ’बोलको गीत बजारमा ल्याएका हुन्।

प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण बिकको संगीत संयोजन सुन्न सकिन्छ। गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छन्। गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकी अधिकारीको साथमा कम सिंह देखिएका छन्।

सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन्। भिडियो सम्पादक नविन निरौला रहेका छन् ।
भिडियो हेर्नुहोस्

 

 

प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्