सल्यानमा करेन्ट लागेर एकको मृत्यु



करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते – रेडियो नेपाल

सल्यान छत्रेश्‍वरी गाउँपालिका १ दमाचौरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छत्रेश्‍वरी गाउँपालिका १ दमाचौर स्थित वोर्ल्ड लिङ्कको कार्यालय श्रीनगर सल्यानमा कार्यरत शारदा नगरपालिका २ डाँडागाउँ बस्ने ४२ वर्षीय प्रलाद शाहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाईबर लाईन बिस्तार गर्नको लागि विद्युतको पोलमा सिढि लगाउने क्रममा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दिर्घायु मेडिकल हुँदै जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्