हिरा डाँगी स्मृति कप फूटबलमा बिहिवार सेमिफाइनल खेल हुने



लक्ष्मण बस्नेत

दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ मा भोलि बिहिवार देखि सेमिफाइनलका खेलहरु हुदैछन् ।

हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको बिहिवार दिउँसो हुने पहिलो सेमिफाइनल खेलमा राईजिङ स्टार फुटबल क्लब घोराही र टरिगाउ युवा क्लब तुलसिपुर भिड्नेछन् । खेल दिउँसो २ बजे देखि सुरु हुनेछ ।

राइजिङले स्काई क्लब सुर्खेत लाई क्वाटर फाईनल खेलमा ४-१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो भने टरिगाउले साहारा फुटबल क्लब लखनउ ट्राईबेकरमा ५-३ होल ले पराजित गर्दै राईजिङ स्टार संगको सेमिफाइनल भेट पक्का गरेको हो । त्यस्तै सुक्रवार दिउसो हुने दोस्रो सेमिफाइनलमा युएनबिसी घोराही र बिर्गेड ब्वाईज फुटबल क्लब ललितपुर काठमाडौ आमनेसामने हुनेछन् ।

युएनबिसिले ज्ञानज्योती ईनोभेटिम लाई सर्ट एण्ड डेथमा ६-५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्दा बिर्गेड ब्वाईजले आज बुधबार सम्पन्न क्वाटर फाइनल खेलमा कपिलवस्तु ११ लाई ४-२ गोल ले पराजित गर्दै युएनबिसी संगको सेमिफाइनल भिडन्त पक्का गरेको हो ।

मङ्सिर ८ गते सम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडी लाई नगद १५ सय तथा ट्रफी प्रदान गरिने खेल दिउँसो २ बजे देखि सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिनु भएकोछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्