पत्रकार महासंघ दाङ को ३१ औं स्थापना दिवस अन्र्तगत दोस्रो दिन रक्तदान



May be an image of 7 people and text

नेपाल पत्रकार महासंघ दाङ शाखाको ३१ औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज दोस्रो दिन महासंघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

‘ रक्तदान नै जीवन हो ’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर वर्षेनी नियमित रक्तदान कार्यक्रम यस वर्ष पनि सोमवार सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र सामाजिक अभियान्ताहरुले पत्रकार महासंघलाई शुुभकामना सहित रक्तदान गरेका हुन ।

No description available.

May be an image of 3 people and text

May be an image of 3 people and text

त्यस अबसरमा २३ जना रक्तदानहरुले रक्तदान गरेका हुन। जसमा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, नेकपा माओवादी केन्द्रका जिल्ला  सचिव विश्वराज आचार्य, रेमन्ता पुन, महेन्द्र बहुुमुुखी क्याम्पसका स्ववियु सदस्य गणेश पौडेल, पत्रकारहरु नेपाल पत्रकार महासंघ दाङ शाखा सहसचिव दिप्तीशिखा चौधरी, जनक नेपाली, जंग रेउले, सुनिल परियार, रविन्द्र गौतम, गिरिराज नेपाली , हेमराज परिवर्तन, उमा भण्डारी , यमकला भुषाल, शैलेश अधिकारी, रोम थापा, पिताम्वर रिजाल र हिमाल महरा,नारायणी डाँगी ले रक्तदान गरेका थिए ।

May be an image of 3 people, people smiling and text that says 'नेपाल पत्रकार महासंघ दाड शाखाको ३9औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजक नेघाल पत्रकार महासा दाड शाखा'

त्यस्तै पद्यमोदय क्याम्पस घोराहीका निर्मला भण्डारी, बिनिता नेपाली , निरज पौडेल र दिनेश पौख्रेलले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक नेपाल पत्रकार महासंघ दाङका शाखा सदस्य गिरिराज नेपालीले जानकारी दिनुभयो ।
स्थापना दिवस अन्र्तगत महासंघले भोली ३ गते जेष्ठ पत्रकारहरुसँग भेटघाट एवं अनुभव आदानप्रदान कार्यक्रम र ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गरिनेछ ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्