झापामा एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला



कास्कीमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जना मृत फेला – हिमाली आवाज

झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन्। केचनाकवल गाउँपालिका ५ मा आईतबार बिहान एउटै रूखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन्।

स्थानीय बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीरूको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन्। हिजो शनीवार दिउँसोदेखि हराएका उनीहरू आज आईतवार बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेको डीएसपी पाठकले जानकारी दिए।

ती तीनै जना किशोरीहरु चिया बगानका मजदुर हुन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको थियो । डिएसपी पाठकका अनुसार दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अनस्थामा फेला परेका हुन्।

प्रहरीका अनुशार एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन्। सामूहिक आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्