नेपाल कम्युनिष्ट पार्टि एमालेले वैचारिक प्रशिक्षण कार्यक्रमको शुरुवात गरेको छ । प्रशीक्षण कार्यक्रम अन्र्तगत आज शान्तीनगर गाउँपालिकामा प्रशिक्षण कार्यक्रम शुरु भएको छ । शान्तिनगर गाउँपालिका कमिटीको आयोजनामा दुईदिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम आज देखि शुरु भएको हो । कार्यक्रमको उद्घाटन नेकपा एमालेका केन्द्रिय सदस्य एंव पालिका ईञ्चार्ज तथा कार्यक्रमका प्रमुख अतीथी कोमल वलीले ब्यानर पढेर कार्यक्रमको उद्धघाटन गर्नुभएको हो ।
उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतीथी वलीले जनताहरुको समस्या र आवश्यक्ता अनुशार पार्टिले काम गर्नुपर्ने बताउँनुभयो । उहाँले कुनै पनि समस्यामा पार्टिपंक्तिका नेता तथा कार्यकर्ताहरुलाई स्वंयमसेवकको रुपमा काम गर्न निर्देशन दिनुभयो । वडा देखि पालीकाका पार्टिका प्रमुखहरुले संगठनलाइ परिचालीत गरि जनतामुखी काममा केन्दित हुन आग्रह गर्नुभयो ।
सो अवसरमा उहाँले प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक प्रशिक्षण, निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिहरुलाई काममा सहजीकरणको विषय, प्राकृतिक विपतमा पार्टीको स्वयंसेवी संस्थाहरुलाई तयारी अवस्थामा राख्ने, अनुशासनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष हुकुम वस्नेत, सचिव मनोहर वूढाथोकी, अन्य प्रशिक्षकहरु, ध्रुव आचार्य, सुरामणी बेलबासे,बिबेक श्रेष्ठ, नवराज लामिछाने लगायतले जनताको वहुदलीय जनवाद, सङ्गठनात्मक सिद्धान्त लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । शान्तीनगर पालिका उपाध्यक्ष प्रताप दाहालको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा पालिका ईञ्चार्ज तथा जिल्ला कमिटि सदस्य विष्णु के.सी.ले प्रशिक्षण कार्यक्रमको विषयमा जानकारी गराउँनुभएको थियो । शान्तीनगर पालिका अध्यक्ष धन बहादुर के.सी.को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण भोलि पनि जारी रहनेछ । शान्तीनगर २ बिष्णुपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । एमालेले प्रशिक्षण कार्यक्रम प्रदेश र जिल्लामा गर्दैछ ।