निरला अर्याल
तुलसीपुर उपमहानरपालिका को उप प्रमुख स्यानि चौधरीले होली पर्वले सबैमा सदभाव सहिष्णुता कायम गरोस भन्दै सबैको जिवन रंगीन बन्नुपर्ने बताउनु भएको छ । दुःख र पिडालाई मानीसले भुलेस सकारात्मक सोचका साथ जिवन खुसी बनाउँन तर्फ सोच्नुपर्ने बताउँनुभयो । मानव सेवा आश्रम तुलसीपुरले आज मंगलवार आयोजना गरेको होली मिलान कार्यक्रममा उपमेयर चौधरीले मानव सेवा आश्रममा आश्रित लक्ष्मी नारायण तथा वाल गोपाल हरु संग होली मनाउन पाउँदा खुसी लागेको बताउदै होली पर्वले सबै वर्गका ब्यक्तीहरुबिच प्रेम ब्यक्त गर्नुपर्ने दिनका रुपमा लिनुपर्ने बताउँनुभयो । । यो पर्वले हरेक मानीसको जिवनमा खुसी र भाईचाराको सम्बन्धमा इस्थापित गराँउने कुरालाई जोड दिनुभयो । यसका लागि यस पर्वलाई विकृतिको रूपमा जान बाट रोक्न सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरले ले विविध कारणले सडक जीवन बिताउने हरुलाई आश्रमले आश्रम दिई ठूलो पुण्य कमाएको बताउनु भएको छ । सडक मानवमुक्त अभियानलाई सबैले साझा मुद्दाको रूपमा लिनुपर्ने उहाँको भनाई थियो । आजको आश्रममा होली पर्व मनाउन पाउँदा आफु खुसी भएको भन्दै आश्रय जिवन ब्यतीत गर्नुभएकाहरुले शान्त खुसी भएर जिवनलाई रंगीन सम्झेर बस्न आग्रह गर्नुभयो । यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुशान्त मिश्रले मानव सेवा गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । लामो समय देखि मानव सेवा को क्षेत्र मा आफू सामेल हुदै आएको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा तुलसीपुर उपमहानगपालिका महिला तथा सामाजिक विकास शाखा तुलसीपुरका प्रमुख माया श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जाल दाङ को पूर्व अध्यक्ष सुष्मा गिरी, नगर विकास समिति का सदस्य तथा ब्यबसायी सपना भण्डारी, भलिबल संघ लुम्बिनी प्रदेश को संयोजक तथा विद्युतकर्मी देवेन्द्र बैरागी, ब्यबसायी धर्मेन्द्र वैश्य लगायतकाले होली पर्व को शुभकामना ब्यक्त गर्नुभएको थियो ।