तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा संचालन हुन लागेकाे “दोस्रो तुलसीपुर महोत्सव-२०८१” को तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे सम्पुर्ण तयारी पूरा भएको आयाेजकले जनाएको छ ।
चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीका अनुसार महाेत्सवकाे ९० प्रतिशत तयारी पूरा भएको छ । महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम छ । भाेलि बिहान ११ बजे तुलसीपुरको नयाँ बसपार्कबाट झाँकी तथा शोभायात्रा सुरु गरिनेछ । दिउँसो १ बजे औपचारिक रुपमा महाेत्सवकाे उद्घाटन गरिनेछ ।
यस्तै महोत्सव अवधिभर विभिन्न जातजातिका परिकार समेटिएको फूड फेस्टिभल, स्थानीय कलाकारहरूको प्रस्तुति, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू, हस्तकला प्रदर्शन एवं विक्रीजस्ता कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
महोत्सवमा व्यापार व्यवसाय प्रवर्द्धन, स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन, नयाँ प्रतिभा खोजी, औद्योगिक व्यापार प्रवर्द्धन, अटोमोबाइल्स र सूचना प्रविधि प्रदर्शनिमा राखिनेछन् ।
यस्तै महोत्सवमा सल्यान महोत्सवका आगलागी पिडित व्यवसायीलाई स्टलमा ५० प्रतिशत छुट दिइने भएको छ ।
साे अवसरमा कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष टोप बहादुर घर्तीले समग्र दाङकाे बिकासका लागि महाेत्सव आयाेजना गरेकाे भन्दै यहाँको स्थानिय वस्तुको प्रवर्द्दन, कला, संस्कृति, र ब्यवसायमा थप टेवा पुग्ने अपेक्षा लिएको बताउनुभयो । उहाले महाेत्सव भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबै तह र तप्काका ब्यक्ति, संघसस्था, आम सञ्चारकर्मी लगायत सबैले सहयोग गरिदिन आग्रह गर्नु भएको छ ।
स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ हुन लागेकाे दोस्रो तुलसीपुर महोत्सव-२०८१ फागुन १६ गते समापन गरिने जनाइएको छ ।
सस्थाका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेस सल्लाकार गोपाल शर्मा भट्टराईले गर्नु भएको थियाे।