तुलसीपुरका विभिन्न स्थानमा आज पनि विद्युत अवरुद्ध हुने भएको छ । आज पनि तुलसीपुर क्षेत्रका केही स्थानहरूमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका अनुसार एयरपोर्ट फिडर अन्तर्गतका स्थानहरूमा कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले बिहान साढे ९ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
बनकट्टा, मोतिपुर, हात्तिखवा, कृषि विकास बैंक, तमाखे, गोरखा बोर्डिङ, भिआइपी टोल, घोराही रोड तथा नेपाल विद्युत प्राधिकरण कार्यालय परिसर र आसपासका क्षेत्रहरूमा आज विद्युत सेवा अवरुद्ध हुने केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणले निर्धारित समय अगावै काम सकिएमा अगाडी नै विद्युत लाइन सुचारु गरिने जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार