अभिनेता पल शाहले दर्शक को साथ र मायाले आफू चलचित्र क्षेत्रमा सफलता पाईरहेको बताउनुभएको छ । दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उत्प्रेरणा मिलेको भन्दै सधै दर्शकको अपेक्षा अनुशार काम गर्ने बताउँनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज शनिबार घोराहीमा गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै शाहले यस्तो बताउँनुभएको हो ।
विगत एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम दर्शक र गृह जिल्ला दाङ बासीले गरेको माया र साथलाई कहिले पनि भुल्न नसक्ने भन्दै अभिनेता शाहले दर्शकको मायालाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताउँनुभयो । “ दर्शक को साथ र मायाले उत्साहित छु । आउँदा दिनहरुमा यहाँको माया, साथको अपेक्षा गरेको छु । सधैँ तपाईको साथको अपेक्षा छ । ”– अभिनेता शाहले भन्नुभयो । आफूलाई विभिन्न क्षेत्र बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया गर्ने दर्शक स्रोताहरुलाई उहाँले धन्यवाद समेत दिनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ को निवर्तमान उपाध्यक्ष लीला शाह, सचिव आर के शितल, सहसचिव दीप्तीशिखा चौधरी, चलचित्र पत्रकार संघ दाङ का सल्लाहकार शरद रेग्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम को सहजीकरण संघको सचिव निरला अर्यालले गर्नु भएको थियो ।