दंगीशरण गाउँपालिका वडा न. ४ मौली खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा नेकपा एमाले र माओबादिको गठबन्धनको प्यानल विजयी भएको छ । मंगलवार सम्पन्न खानेपानीको निर्वाचनमा नेपाली कांग्रेस र राप्रपाको गठबन्धनलाई ६७ मतले पछि पार्दै एमाले माओबादिको गठबन्धन विजयी भएको हो ।
चुनाव चिन्ह कैची एमाले माओबादि गठबन्धनका उम्मेद्धार लोक बहादुर खड्का २ सय ७ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने कांग्रेस, राप्रपाको गठबन्धन मन्दिर चुनावी चिन्ह अध्यक्ष पदका उम्मेद्धवार रमेश चोधरीले १ सय ४० मत प्राप्त गरि पराजित हुनुभएको छ ।
यस्तै सचिव पदका रेशम वली ,कोषाध्यक्ष पदका कल्पना चौधरी विजयी हुनुभएको छ । यसैगरी सदस्यहरुमा डम्बरलाल अधिकारी, जगतराम थारु, विशाल सेर्पाईली, सोमारे चौधरी, लाल बहादुर चौधरी विजयी हुनुभएको छ । यस्तै महिला सदस्यहरु तर्फ लक्ष्मी चौधरी, रामप्यारी चौधरी, कृष्णी चौधरी विजयी हुनुभएको छ ।
वडा न.४ दंगीशरण गाउँपालिका वडा न. ४ का वडा अध्यक्ष कमल थारुको वडा हो । उनी २०७९ सालको स्थानीय तहमा नेकपा एमाले बाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।