दङ्गिशरणमा रहेको थारु संग्रहालयकाे मुख्यमन्त्रीले अवलोकन गरे

(फाेटाे फिचर)


दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका-३ चखाैरा स्थित थारु सांस्कृतिक संग्राहलयकाे अवलाेकन गर्नु भएको छ।

पश्चिम नेपालका थारु समुदायकाे कला, संस्कृति, रिति रिवाज, भेषभुषा सहित परम्परागत रुपमा प्रयाेग हुदै आएका तर, हाल लाेप हुने अवस्थामा पुगेका बस्तुहरु संरक्षण गरेर राखिएको छ । पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी संरक्षक रहेकाे याे संग्राहलयमा थारु समुदायकाे जन्म, मृत्यु, विवाह लगायतका संस्कार संग जाेडिएका परम्पराहरुलाइ चित्र, मुर्ति, गरगहना, भेषभुषाबाट चित्रण गरिएको छ ।

पछिल्ला दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिकाे साेधकर्ताहरुकाे आकर्षणकाे थलाे बन्दै गएकाे छ । विद्यार्थीहरु थारु समुदायकाे संस्कार अध्ययन गर्न आउने गरेकाे थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चाैधरीले जानकारी दिनुभयाे ।

संग्रहालय अवलाेकन गर्न भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्