रामप्रसाद सुवेदी
दाङको बबई गाउँपालिकाकाे हापुरे बजारमा सञ्चालित अधिकांश पसलहरुमा म्याद नाघेका सामाग्रीहरु फेला परेका छन् । बबई गाउँपालिकाकाे आयाेजनामा मंगलबार बजार क्षेत्रका १७ वटा पसलहरुमा अनुगमन गर्दा करिव ४० हजार २ सय पाँच रुपैयाँ बराबरको म्याद नाघेका सामाग्रीहरु फेला परेका हुन् । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामाग्रीहरु जफत गरि नष्ट गरीएकाे छ।
हापुरे बजारमा सञ्चालित किराना तथा खाद्यान्न, एग्राेभेट, फार्मेसी , हाेटल, काेल्डस्टाेर लगायतका १७ वटा पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलहरुमा म्याद नाघेका सामाग्रीहरु फेला परेका छन् भने केहि ब्यापारीहरुले दर्ता नगरी ब्यवसाय सञ्चालन गरेकाे, ब्यवसायकाे नविकरण तथा करकाे दायरामा नआएको, एउटै पसलबाट धेरै प्रकारका सामाग्रीहरु बिक्रीवितरण गरिरहेकाे भेटिएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कडेलले जानकारी दिनुभएको छ।
स्थानिय सरकारले अनुगमनका कार्यक्रमलाई निरन्तरता दिने बताउदै प्रमुख प्रशासकीय अधिकृत कडेलले पहिलाे चरणमा ब्यबवसायीलाई सुझाव दिने कार्य गरिएको र अर्को अनुगमनका समयमा पुनः त्यस्तो भेटिए कार्वाही प्रकृया अगाडि बढाउने बताउनुभयो । अखाद्य र म्याद नागेका सामाग्रीले मानिसको स्वास्थ्यमा प्रतिकुल समस्या पार्ने बताउदै बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काले ब्यवसायीहरुले नियमसंगत ब्यबसाय सञ्चालन गरी स्थानिय सरकारलाई सहयाेग गर्न आग्रह गर्नुभयाे ।
अनुगमनमा बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री, उपाध्यक्ष बम कुमारी खड्का , प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कडेल, जिल्ला प्रशासन कार्यालय दाङका प्रतिनिधि खेमराज शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङका प्रतिनिधि राजेश चाैधरी, बबई गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख टेक बहादुर वली, प्रवक्ता तिलकराम भण्डारी, बबई ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगरकाे उपस्थिति रहेको थियाे ।
त्यस्तै अनुगमनमा बबई गाउँपालिकाका प्रशासन शाखा प्रमुख तेजेन्द्र घर्ती, पसु शाखा प्रमुख श्यामप्रकाश चाैधरी,सुचना अधिकारी पुरुषाेतम अधिकारी, स्वास्थ शाखा प्रतिनिधि नविन डाँगी, कृषि शाखा प्रतिनिधि दिपेन्द्र डाँगी,हापुरे उद्योग बाणिज्य संघका सचिव खुम बहादुर बि.क, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम बहादुर सुनार, रेडियो हापुरेका स्टेसन म्यानेजर रामप्रसाद सुवेदीकाे पनि सहभागिता रहेको थियाे ।