तुलसीपुर १८ को सार्वजनीक सुनुवाई कार्यक्रम



तुलसीपुर उपमहानगरीक पालीकाले सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमका विच सार्वजनीक सुनुवाई कार्यक्रम गरेको हो । सार्वजनी सुनुवाईमा सहभागिहरुले विकास निर्माण योजना अन्र्तगत सिचाई , खानेपानी, कृषि संगै रोजगार सिर्जना गर्ने खालका कार्यक्रम प्राथमिक्तामा राख्नुपर्ने सुझाव दिए ।

युवराज डाङ्गिले जेष्ठ नागरिक भवनमा सौचालय नभएको र मनोरञ्जनका लागि भजन कृतनका सामग्री उपलब्ध गराउनुपर्ने बताउँनुभयो । अमर बहादुर वलीले वडाका केहि ठाउँमा सडक बत्ति नभएकोले समयमै सडक बत्तीको ब्यवस्था गरिनुपर्ने बताउँनुभयो । सडक बत्ती नहुदा रातीमा हिड्दा अशुरक्षीत हुने गरेको बताउँनुभयो ।

दामोदर शर्मा स्वास्थ्य बिमा आएको भनने जानकारी पाएपनि स्वास्थ्य बिमा भर्ने ठाउँ काहा,सुचक को हो जानकारी गराउनुपर्ने नभएको भन्दै वडाले सुचना दिनुपर्ने बताउँनुभयो ।
दुर्गा बुढाथोकीले वडा संग सटेका ठाउँमा समेत बिकास हुन नसकेको बताउँनुभयो । दुर्गा मल्लले सामुदायिक भवनमा अनेक कार्यक्रम हुने तर भौतिक निर्माण हुन नसकेको बताउँदै पानी, ट्वाइलेट, फर्नीचरका सामग्री उपलब्ध गराउँनुपर्ने बताउँनुभयो ।

खुमानन्द ज्ञवालि किसानका लागि मल डुब्लिकेट आउँने तर मुख्य भने सक्कलिको भाउ भएकाले किसानहरुलागि मल, बीउ बिजन गुणस्तरीय हुनुपर्ने बताउँनुभयो ।
गद्दुलाल चौधरिले प्रयाप्त मात्रामा सिचाइ नभएकाले किसानहरु मर्कामा परेको बताउँनुभयो । बाटोमा गाडि मोटर चल्दा खानेपानि प्रदुषण हुने भएकोले बाटोहरु पक्की बनाउँनुपर्ने सुझाव दिनुभयो ।

बिश्वमणि देवकोटाले वडामा सबै भन्दा बढि बिधालय भएकाले विधार्थीहरुलाइृ ब्यवहारीक शिक्षा प्रदान गर्न शैक्षिक कार्यक्रम बढाउनुपर्ने बताउँनुभयो । अझै पनि सोचेअनुरुप शिक्षामा लगानी नभएको बताउनुभयो । सागर अधिकारीले बिधालयमा शिक्षा प्रतिको लगाव बढाउन मोटिभेसन कार्यक्रम संचालन गर्नुपर्ने , बिधार्थीहरुको शिक्षा आर्जनमा थप टेपा पुगोस भन्ने उद्धेश्यले इै लाइबे्ररिको ब्यवस्था हुनुपर्ने , खेल संग जोडिएका कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिनुभयो । ,

शङ्कर नेपालीले वडामा सिमेन्ट फ्क्ट्रि भए पनि वडाका युवाहरु रोजगारविहिन भएर बसेको बताउँनुभयो । सामुदायिक वनलाई जगेर्ना गरेर यस बाट लाभ लिनका लागि, महिलाहरु रोजगारी दिनका लागि दुना टपरि उधौग संचालन गर्नुपनेृ सुझाव दिनुभयो । अर्थतन्त्र लाई कसरी मजवुत बनाउने, रोजगारि सिर्जना कसरी गर्ने भन्ने विषयमा वडाले सोच्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका सह सचिव दिप्तीशिखा चौधरीले महिलाहरुलाइ उधमि बनाउने तालिम संचालन गर्ने, लक्षीत वर्गकाहरुलाई ब्यवसायिक बनाउने, आर्थिक रुपमा बलियो बनाउने, साथै मानविय बिकासमा वडा सरकारले योजना बनाउँनुपर्ने सुझाव दिनुभयो ।

नेकपा माओबादि वडा कमिटी अध्यक्ष लोक ब बहकरिले वडामा धेरै विकाश निर्माणका काम बाकि रहेको भन्दै यसलाइृ तिव्रता दिनुपर्ने सुझाव दिनुभयो । यस्तै एमालेका मुकेश वलीले सोचमा परिवर्तन भए नितिगत कुरामा सुधार हुने भन्दै वडामा योग हल हुन आवश्यक रहेको बताउँनुभयो । विकाश मात्र नभई समाज परिवर्तन मा वडा लाग्नुपर्ने सुझाव दिनुभयो । यस्तै अवका दिनमा वडामा शान्ति सुरक्षा मजवुत बनाउँनुपर्ने बताउँनुभयो । शङ्कर पोख्रेलको पहलमा वडामा खानेपानी का लागि ३६ करोड बजेट आएको तर सदुपयोग नभएको भन्दै विकाश निर्माणका लागि विनस्योजन भएका वजेटको सहि सदुपयोग हुनुपर्ने बताउँनुभयो ।

नेपाली काङ्ग्रेस सचिव बिदुर गौतमले हरेक क्षेत्र लाई समेटेर योजना बनाउनुपर्ने बताउँनुभयो । लागू औषद्दमा लागेका युवाहरुलाइ सचेतिकरण गर्नुपर्ने , विधि बिधान पद्धतिमा चल्नुपर्ने , सभ्य र समृद्ध वडा बनाउँनका लागि सबै आ आफनो क्षेत्र बाट लाग्नुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा वडा अध्यक्ष माधव वलीले वडाको विकासका लागि नागरिकको सहयोग आवश्यक रहेको भन्दै सार्वजनिक सुनुवाईबाट नागरिकका आवश्यकता पहिचान गर्न सहयोग पुगेको बताउनुभयो। अवका वर्षमा सबै वडाबासीको सल्लाह बमोजिम कार्यक्रम तथा योजना तयार पारीने बताउँनुभयो ।

उहाले विभीन्न सरोकारवालाहरुले दिनुभएको सल्लाहलाई मनन गर्दै भौतिक विकास संगै मानविय विकासमा पनि वडा लागिपर्ने बताउँनुभयो । हरेक वर्गलाई समेटिने गरि काम गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

शुभकोटि टोल विकास सस्ंथाका अध्यक्ष मान बहादुर वलीको अध्यक्षता तथा वडा अध्यष माधव वलीको प्रमुख आतीथयतामा कार्यक्रम भएको हो । कार्यक्रमको शहजीकरण पोषण सेन्चुरीले गर्नुभएको थियो ।

कार्यक्रममा वडा सचिव राम कुमारी मरासीनीले वडाका योजना र बजेट विवरण प्रस्तुत गर्नुभएको थियो ।
,

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्