लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेदवार सापकोटा र सुवेदी विजयी



No description available.

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी हुनुभएको हो ।

सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित हुनुभएको हो । उहाँले नेकपा एमालेकी तुलसाकुमारी केसीलाई पराजित गर्नुभएको हो ।

केसीले एक हजार ५३७ मतभार प्राप्त गर्नुभएको छ ।

अन्य कोटामा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार झक्कु सुवेदी निर्वाचित हुनुभएको छ । सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा एमाले का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गर्नुभयो ।

जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय १२ मतभार प्राप्त गर्नुभयो भने १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसा कुमारी केसीले उम्मेदवारी दिनुभएको थियो भने राप्रपाबाट विजया लक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार रहनुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्