दंगीशरणमा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, विरेन्द्र मावि हेकुली प्रथम



दंगीशरण गाउँपालिकाको आयोजना तथा भानु माध्यमिक विद्यालय, दंगीशरण ६ प्रसडुवाको व्यवस्थापनमा सञ्चालन भएको आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबार औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

वडा नम्बर ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रोशन जंग शाहको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि तथा उपाध्यक्ष पिमा वली खड्का विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र २ कास्य पदक प्राप्त गर्दै बिरेन्द्र नमुना माध्यमिक विद्यालय, हेकुली प्रथम हुन सफल भयो।

त्यसैगरी ८ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित श्रीगाउँ लाइफ भिजन बोर्डिङ स्कुल, सिम्ठाना द्वितीय तथा ७ स्वर्ण, ९ रजत र ६ कास्य पदकसहित सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय, श्रीगाउँ तृतीय स्थानमा रहन सफल भए।

प्रतियोगिताको समापन कार्यक्रममा विजयी विद्यालय तथा खेलाडीहरूलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकले प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास र प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

 

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्