नेपाल उद्योग तथा व्यवसायी महासंघ दाङको अध्यक्षमा तुलसीपुरका व्यवसायी नरेश राज भण्डारी चयन हुनु भएको छ । घोराहीमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेसनबाट भण्डारी सर्वसहमत चयन हुनु भएको हो । भण्डारीका एक सफल ब्यवसायीका रुपमा चिनीनुहुन्छ ।
यस्तै नवगठित समितिको उपाध्यक्षमा खुमानन्द पोख्रेल, देवकला बस्नेत, सचिवमा सपना भण्डारी बस्नेत, कोषाध्यक्षमा गोपाल प्रसाद खनाल, उपसचिव झपीन्द्र आचार्य, रेखा केसी र सहकोषाध्यक्षमा भानु प्रसाद यादव चयन हुनुभएको हो ।
त्यसैगरी सदस्यहरुमा जिवराज भट्टराई, जाबुल मिया, लोकराज पुन, रेशम वली, पूर्ण बहादुर वली, प्रेम लाल वली, रेशम बाँठामगर, सीता पौडेल, जीवलाल भटराई, मिना रावत, सन्तोष खडक, विष्णु कालाथोकी, विष्णु जिएम र भक्तबहादुर केसी लगाएतका रहनुभएको छ । ब्यवसायी महासंघको नवगठित समिति २१ सदस्य रहेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार