कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन ग्रेडिङ अर्थात् ‘एनजी’ मा परेका थिए ।
उनीहरुमध्ये दुई बिषयसम्म एनजी आएका विद्यार्थीले पुरक परीक्षा दिन पाउने छन् । उनीहरुमध्ये १ लाख २७ हजार ७ सय ७ जना एक र दुई बिषयमा एनजी रहेका छन् । परीक्षाको तालिका भने प्रकाशन गर्न बाँकी रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
दुईभन्दा बढी बिषयमा एनजी ल्याएका विद्यार्थीलाई भने अर्को वर्ष मात्रै ग्रेडवृद्धिको परीक्षा दिन पाउनेछन् । नियमित परीक्षामा दुई बिषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउनेछन् ।
प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार