दाङको तुलसीपुरबाट १३ वर्षीया बालिका वेपत्ता



May be an image of 1 person and child

दाङको तुलसीपुरबाट १३ वर्षीया बालिका वेपत्ता भएकि छिन् । आइतबार बिहान ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइन निवासी १३ वर्षीया विपना वली बाहिनी चोकबाट बेपत्ता भएको बुवा पवन कुमार वलीले बताए।

डान्स गर्ने कपडा छोड्न गएकी विपना बाहिनी चोकबाट बेपत्ता भएकि हुन् । सीसी क्यामराको फुटेज हेर्दा उनी बिहान ९ बजेतिर बाहिनी चोकदेखि पश्चिम तर्फको भित्री गल्लीतिर एक्लै गएको देखिन्छ । तर उनी अहिलेसम्म घरमा पनि नआएको उनका बुवाले बताए।

बिपनाको हातमा मोबाइल पनि छैन । आफन्तको घरमा पनि गएकी छैनन्, उनका बुवाले भने । विपना तुलसी बोर्डिङ स्कुल कक्षा ६ मा अध्ययन गर्दै आएको बुवाले बताए। यदि कसैले बालिका कतै भेटिएमा ९८५७८३६६१२ सम्पर्क गरिदिन बुवाले आग्रह गरे ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्