तुलसीपुर महोत्सव आज ‘हाउसफूल’,गायिका एलिना चौहानको प्रस्तुति हेर्न हजारौं दर्शक




दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुतिमा हेर्न हजारौं दर्शक उपस्थित भएका छन् । चौहानले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो ।

एलिनाले ‘धोकेबाज हौ तिमी’, ‘दुश्मन हेरेको हेरेइ’, ‘मिनिरल वाटर’ जस्ता चर्चित गीतहरू गाएपछि दर्शकहरू झुमेका थिए । आज कार्यक्रमस्थलमा दर्शकको उपस्थिति उल्लेखनीय देखिएको साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । भोलि पनि चर्चित कलाकारको प्रस्तुति रहने बताउनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको यो महोत्सव फागुन १६ गतेसम्म चल्नेछ । महोत्सवमा व्यापारिक स्टलहरू, स्थानीय कला संस्कृति प्रदर्शन, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले बताउनुभयो । ‘महोत्सवमा झन्‌पछि झन् दर्शकको सहभागिता बढ्दै गएको छ ।’ उहाँले भन्नुभयो–‘आज त झन् ‘हाउसफूल’ नै भयो ।’

भोलि पनि सार्वजनिक बिदा परेका कारण पनि दर्शकको उपस्थिति उल्लेख्य हुने अपेक्षा गरिएको  छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्