आँखा सम्बन्धि हरेक समस्याको समाधान अव राप्ती आँखा अस्पतालमा



No description available.

दाङको राप्ती आँखा अस्पताल रक्षाचौरले गुणस्तरीय एंव विशिष्टीकृत सेवा संचालन गरेको छ । अस्पतालका रेटिना विशेषज्ञ तथा मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष सुवेदीका अनुसार अस्पतालले प्रत्येक दिन विशिष्टकृट डाक्टरहरुद्धारा थप चार विशेषज्ञ सेवा संचालनमा ल्याएको छ ।

आँखाको पर्दा, आँखाको नानी, अकुलोप्लाष्टिक र आँखाको क्यान्सर, नशा फैलने समस्याको समाधान, आँखाको पर्दा सुन्नीने र बाल आँखा रोग सम्बन्धी उपचार तथा शल्यक्रिया सेवाहरु संचालनमा ल्याएको मेसु डा। सुवेदीले जानकारी दिनुभयो। अस्पतालले आँखा सम्बन्धी सबै प्रकारका रोगहरुको उपचार गर्ने उद्देश्यका साथ विशिषज्ञ सेवा प्रवाह गर्दै आएको आज बुधवार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यस आँखा अस्पताललाई २०२४ सम्म आत्मनिभर बनाउनुका साथै लुम्बिनी प्रदेशको उत्कृष्ट अस्पताल बनाउने लक्ष्य राखेको समेत उहाले जानकारी दिनुभयो ।

No description available.

यसैगरी यस अस्पतालबाट आँखाको पर्दाको अत्याधुनिक मेसिन तथा दुरबिनद्धारा चेकजाँच गर्नुका साथै आँखाको पर्दाको मधुमेह ९सुगर०, उच्च रक्तचाप र शरीरका कुनै पनि रोगहरुले गर्दा आँखाको पर्दामा गरेका असरहरुको जाँच गरिन्छ । त्यस्तै यस अस्पतालबाट आधुनिक स्तरको शल्यक्रिया, आँखाको पर्दाको विभिन्न प्रकारका रोगहरुको लेजर प्रविधिबाट उपचार लगायतको सेवा प्रदान गर्दै आएको मेसु सुवेदीले जानकारी दिनुभयो ।

यस अस्पतालमा दाङ लगायत छिमेकी जिल्लाहरु सल्यान, रुकुमपश्चिम, रोल्पा लगायतका जिल्लाबाट सेवाग्राहीहरुले सेवा लिन आउने गरेको अस्पतालका प्रशासक किरण पौडेलले जानकारी दिनुभयो। त्यस्तै अस्पतालबाट बाहिरी जिल्लाका ५ लाख बढीले सेवा लिने गरेका छन् । साथै दातृ राष्ट्र नर्वे सरकारले एनईबीपी कार्यक्रम मार्फत बार्षिक साढे २ करोड, आन्तरिक आम्दानी र संघ, प्रदेश र स्थानीय पालिकाको सहयोग मार्फत अस्पताल संचालनमा रहेको छ ।

त्यस्तै अस्पतालले आगामी वर्षमा २० लाख सेवाग्राहीलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । अस्पतालले गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्न थालेपछि जिल्ला बाहिर आँखाको उपचार गर्न जानेको संख्यामा पछिल्लो समय ह्रास आएको छ ।

बुधबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो वार्षिक प्रगति विवरणमाथी समिक्षा गरेको छ । बिगतका वर्ष भन्दा बढी संख्यामा पछिल्ले समयमा विरामीको चाप ह्वात्तै बढेको बताएको छ । साथै आँखा रोगी भएर चेकजाँच गराउँन समस्या भएका विरामीहरुलाई निशुल्क रुपमा चेकजाँच गरी सेवा दिने गरेको जानकारी गराईएको छ । पैसाका खातीर आँखा देख्न नसक्ने बिरामीहरुलाई निशुल्क सेवा दिने गरेको अस्पतालले जनाएको छ । समिक्षा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अस्पताल व्यवस्थापन समितिका सचिव सुरेन्द्र बहादुर खड्काले अस्पतालबाट प्रदान गरिने सेवाको प्रचारप्रसारमा कमी भएको स्वीकार  गर्दै आम जनसमुदायमा प्रचारप्रसारको कमीका कारण अस्पतालबाट प्रदान गरिने सेवाहरुको बारेमा प्रभावकारीता नदेखिएको उहाँको भनाई थियो। आगामी वर्षदेखि थप विशिष्टकृट सेवा संचालनमा ल्याउन लागेको समेत उहाँले जानकारी दिनुभयो ।

No description available.

कार्यक्रम नेपल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालका संयोजक चिरञ्जीवी रिजालको अध्यक्षता तथा अस्पताल व्यवस्थापन समितिका सचिव सुरेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो।

No description available.

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस्