तुलसीपुरमा नक्कली नोटसहित चार जना पक्राउ



दाङको तुलसीपुरमा नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  तुलसीपुर- १० राइखल्यानका ३० बर्षीय राममणी चौधरी, तुलसीपुर- ८ का १७ वर्षीय सुमन बिक, तुलसीपुर- ९ दोघरेका १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका वडा नम्बर ४ घरभइ हाल तुलसीपुर- ९ बेलुवा बस्ने १७ वर्षीय शिशिर बिक रहेको प्रहरीले जनाएको छ ।

हिजो विहीबार साँझ ९ बजेतिर तुलसीपुर ९ बेलुवा र तुलसीपुर ५ बसपार्क पिपलबोटमा अबैध रुपमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उनिहरुको साथबाट १२ वटा हजारका नक्कली नोट फेला परेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । घटनामा संलग्न चारलाइलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्