दङ्गिशरण वडा न.४ बैबाङमा पोषणमेला सम्पन्न भएको छ । स्वस्थ , पाेषणयुक्त खाना खाएमा राेग संग लड्ने सक्ने शक्ति प्राप्त हुन्छ भन्ने शन्देस दिने उदेश्यले पाेषणमेला आयाेजना गरिएको हाे । “स्वस्थ जीवनका लागि सन्तुलित आहार, खाद्य तथा पोषण सुरक्षा जीवनको आधार” यसकाे मुल नारा थियाे ।
समृद्ध समाजको आयोजना,सहकर्मि समाजको प्राविधिक सहयोग,तथा विकाश कोष नर्वेको आर्थिक सहयोगमा पाेषणमेलाकाे आयाेजना गरिएको हाे ।
पोषण मेलामा खानाका प्रकार,शक्ति दिने खाना ,वृद्धि र विकासका लागि चाहिने खाना र सुरक्षा दिने खानाहरुको स्टल मा प्रदर्सनमा राखिएकाे थियाे । प्रदर्शनिमा राखिएका खाना मानिसले खानपर्ने भएकोले यस बिषयमा जानकार हुनुपर्ने कार्यक्रमकाे मुख्य उदेश्य थियाे । कार्यक्रममा सहभागीहरु प्रदशनिमा राखिएका खाना खुवाइएकाे थियाे । समृद्ध समाजकि भिष्मा बिसिले कार्यक्रमको उदेश्य र खानाका बिषयमा जानकारी दिनुभएको थियो ।
पाेषणमेलामा बदाम, दहि, काक्रो, घ्यू, माछा, मासु, अण्डा, दाल भात रोटी, साग, गाजर, फलफूल (केरा सुन्तला स्याउ)चना आदि राखिएको थियाे ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समयमा सन्तुलित खाना र पोषणयुक्त खानाको आबस्यकता रहेको बताउनुभयो ।
यस्तेै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले कुपोषणहुने प्रमुख कारण बाल बिबाह पनि रहेको बताउनुभयो । सानो उमेरमा आमा बन्दा खाना र शरिरकाे ब्यालेन्स नमिल्ने गरेका कारण आमा र बच्चा दुवै अस्वस्थ हुने बताउनुभयो ।
समृद्ध समाजकि अध्यक्ष दिल कुमारी बि.क .को अध्यक्षतामा पोषण मेला सम्पन्न भएकोहो । कार्यक्रमको सहजीकरण समृद्ध समाजकि राजकुमारी चौधरीले गर्नुभएकोथियो ।