महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारबाट १४ लाख सहयोगको घोषणा



तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा महायज्ञ मुल आयोजक समितिका संयोजक र सल्लाहकारहरुले आर्थिक सहयोगको प्रतिवद्धता ब्यक्त गर्नु भएको छ।
मानव सेवा आश्रमको मानव स्कार निर्माणको सहयोगार्थ महायज्ञमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेत एक कोठा निर्माणमा लाग्ने लागत ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मानवसेवा आश्रमको मानव स्मारक निर्माणको सहजताका लागि आफुले उक्त रकम उपलव्ध गराउने स्वघोषणा गर्नु भएको हाे ।
तुलसीपुरका व्यवसायी एवंम् महायज्ञ मुल आयोजक समितिका सल्लाहकार उत्तम कुमार श्रेष्ठले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने स्वघोषणा गर्नु भएको छ । उहाले २०८१ साल देखि मानव सेवा आश्रमलाई बार्षिक ६० हजार रुपैयाँ उपलव्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयाे।

यसैगरी व्यवसायी बलदेव शर्मा २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने स्वघोषणा गर्नु भयाे।
मुल आयोजक समितिका सल्लाहकार चिरञ्जीवी रिजालले पनि मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयाे । मानव सेवा आश्रमको लक्ष्य, उदेश्यलाई थप सार्थकता बनाउनका लागि आफ्नो परिवारले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताउनुभयाे । उहाले मानव स्मारक भवन निर्माणका लागि १ लाख २९ हजार ५ सय ५५ रुपैयाँ उपलव्ध गराउने बताउनुभयाे।
बिहिबार दिउँसो संयोजक र सल्लाहकारहरुले १४ लाख ७ हजार ३ सय ३२ रुपैयाँ आर्थिक सहयोगको स्वघोषणा गरेका हुन् ।
महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको सँखया बढ्दै गएको छ । माघ १३ गतेदेखि सुरु भएको महायज्ञ माघ २० गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्