दाङबाट सरुवा भए एआइजी राई

नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन


No description available.

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एआइजी टेकप्रसाद राईले लुम्बिनी प्रदेशमा लागु औषध, सवारी दुर्घटना, आत्महत्याका घटनाहरु मुख्य समस्याका रुपमा देखिएको जानकारी दिनुभएको छ । राईले उक्त घटनाहरुलाई हेरेर नेपाल प्रहरीले वार्षिक कार्ययोजना २०७९ लागु गरेको जानकारी दिनुभयो। आज सोमवार लुम्बिनी प्रदेशका प्रहरी कार्यालय दाङले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एआइजी राईले यस्तो जानकारी दिनुभयो ।

कार्यालयमा आइसकेपछि अनुसन्धान गर्दै गर्दा र दैनिक रुपमा हुने घटनाहरु मध्ये लागु औषध, दुर्घटना, आत्महत्याका घटनाहरु मुख्य समस्याका देखिएको भन्दै उहाँले त्यसमा सीमा अपराधहरु र फैसला कार्यान्वयनलाई मुख्य प्राथमितामा राखेर पाँच वटा कार्ययोजनाहरु बनाएर लागु गरिएको बताउँनुभयो । कार्यक्रममा सीमा तस्करी नियणन्त्रण, लागुऔषध नियणन्त्रण, आत्महत्या न्यूनिकरण, फैसला कार्यान्वयन र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्ययोजना २०७९ बनाई फागुन ४ गतेदेखि कार्यान्वयनमा ल्याएको उहाँले बताउँनुभयो ।

No description available.

एआइजी राइले आफु सरुवा भएर आएको ४९ दिनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पुगेर निरिक्षण तथा अनुगमन गरेको समेत जानकारी दिनुभयो। प्रहरीको सेवा निशुल्क छ भन्ने फर्माट तयार गरेर प्रदेशभर निशुल्क निवेदनको लागि व्यवस्थापन गरि सकेको बताउँदै नागरिकले १ सय मा फोन गर्दा वा प्रहरी कार्यालयमा फोन गर्दा प्रहरी कर्मचारीले आफ्नो परिचय समेत नदिइ कुरा गर्ने गरेको गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयका हरेक युनिटले कसैले फोन गरेमा कार्यालयको नामसहित आफ्नो परिचय उल्लेख हुने गरि नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएको बताउँनुभयो । राइले लुम्बिनी प्रदेश भित्र प्रहरीबाट गरिने कार्य सम्पादन एवं सेवा प्रवाह सम्बन्धी गुनासो गर्न हटलाइन नम्बर,इमेल र फेसबुक पेजको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

केही दिन पहिले मात्र डिआइजीबाट एआइजीमा बढुवा भएका राई बिदाई भएर आज सोमबार नै दाङबाट सरुवा भएर जानुभएको छ । कार्यक्रमको शहजीकरण प्रहरी निरीक्षक नवचन्द्र मल्लले गर्नुभएको थियो ।

No description available.

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्