कक्षा १२ को परीक्षा तालिका सार्वजनिक



एसईई: सङ्घीय स्तरमा हटाउने भनिएको कक्षा १० को परीक्षा अब कसले लिने? - BBC  News नेपाली

कक्षा १२ को परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। आइतबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० ले २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी हुनेछ। परीक्षा समय बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म तोकिएको छ। तालिका अनुसार जेठ ५ गते परीक्षा सकिनेछ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्