नेकपा (एमाले) तुलसीपुर उपमहानगर कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्षमा रुप बहादुर खत्री सर्वसम्मत चयन हुनु भएको छ । आज बिहान सम्पन्न भएको दाेस्राे अधिवेशनले खत्रीलाइ सर्वसम्मत चयन गरेको हाे । यस्तै उपाध्यक्षमा लक्षमण चौधरी,
सचिवमा जीत बहादुर खड्का, उपसचिवमा मान बहादुर केसी
उपसचिवमा रेवती बिक चयन भएका छन् । कमिटीमा ८५ सदस्य रहेका छन् ।
पार्टी महासचिव शंकर पोख्रेलज्यूको प्रमुख आतिथ्यतामा हिजो आइतवार उद्घाटन भएको अधिवेशनमा बाेल्ने बक्ताहरुले पार्टीलाई थप सशक्त बनाउन नया नेतृत्वले अहम भुमिका खेल्नुपर्ने बताएका थिय । नयाँ नेतृत्वले जनताको आकांक्षालाई सम्बोधन गर्दै, पार्टीको संगठनात्मक संरचना बलियो बनाउन र आगामी राजनीतिक चुनौतीहरू सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेुपर्ने उनिहरुकाे धारणा थियाे ।
उद्घाटन कार्यक्रम लाई सम्बाेधन गर्दै प्रमुख अतिथि पाेख्रेलले दुइ ठुला दललाई खेलाएर ३२ सिटका आधारमा सधैँ सत्ता स्वार्थमा लाग्दा भइरहने सरकार फेरबदलले देशलाई आर्थिक सङ्कट र जर्जर अवस्थामा पुर्याएको उहाँले बताउनुभयाे ।
पोख्रेलले राजनीतिमा नयाँ पुस्ताको आवश्यकता रहेको तर, अराजकता मच्चाउनका लागी नभएर सत्य समाज निर्माण लागी आउनुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै पोलिटब्युरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य घनश्याम पाण्डे, एमाले केन्द्रिय सदस्य कोमल वली, एमाले केन्द्रिय निर्वाचन आयोग सदस्य हिराचन्द्र केसी, एमाले दाङका अध्यक्ष शिव कुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, उप–सचिव भुवनेश्वर पौडेल, जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक मेघराज भुषाल, एमाले लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, उप–सचिव पुर्ण बुढा, प्रदेश कमिटी सदस्य हुकुम बहादुर बस्नेत, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नगर कमिटिका कार्यबहाक अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव रुप बहादुर खत्रीले गर्नु भएको थियाे ।