पश्चिम दाङमा जिपकाे ठक्कर बाट एककाे मृत्यु



तुलसीपुरमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

जिपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख मल्लले बताउनुभयो ।

बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगिशरण गाउँपालिका-५ कमलगढीमा ठक्कर दिएको हो ।

मृतक सीता गुरु जजुर माबि रक्षाचौरका शिक्षक झकु प्रसाद खत्रीकी श्रीमती हुनुहुन्छ । सीताले मावि तुलसीपुर धनौरी शान्तिनगरमा पढाउनुहुन्थ्यो । उहाँलाई बिहिबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्