
सल्यानमा चटयाङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
आइतबार दिउँसो कालिमाटी गाउँपालिका-६ ढोरेनीनजिकै चन्द्रबहादुर घर्तीको घरमा चटयाङ पर्दा वर्ष १३ की करिष्मा घर्तीको मृत्यु भएको हो ।
घाइते बालिकाको उपचारका लागि मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि केशर कुमार न्यौपानेका अनुसार चटयाङका कारण वर्ष ७९ का चन्द्रबहादुर घर्ती, वर्ष ४५ का विष्णु खडका र वर्ष २० का डम्मरबहादुर खडका घाइते भएका छन् ।
घाइते सबैको मेहलकुना अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार

