वन संरक्षणमा राज्यले चासो नदिएको एक कार्यक्रममा बोलने बक्ताहरुले बताएका छन् । वन ऐन बनाएपनि कार्यान्वयन हुन नसेकेको उनीहरुले बताएका थिए । आर्थीक पाटोसंग जोडिएको कृषि तथा वनमा राज्यले लगानी गर्न नसक्दा देशको अर्थतन्त्रमा असर परेको उनीहरुको भनाई थियो । ग्रीन फाउण्डेसन नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको सामुदायीक वनको कार्ययोजना निर्माण, डाटा पोर्टल तथा उद्यम विकास सम्बन्धि तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय सदस्य छबि कुमारी खरालले कार्ययोजना बनाउने कुरामा धेरै सामुदायीक वनहरु अलमलमा परेको बताउनुभयो । वनको सदुपयोग हुने गरि कानुन बनाउँनुपर्ने बताउँनुभयो । प्रमुख अतीथी समेत रहनु भएका खरालले प्राकृतकि स्रोतको उपभोग र सदुपयोग भएमा मात्र आर्थीक पाटो बलीयो हुने बताउँनुभयो ।
सो अवसरमा स्थानीय वन महासंघका सचिव रक्षा काफलेले वनको सरंक्षण गरे मात्र नागरीकहरुको जीवन परिवर्तन हुने बताउँनुभयो । कार्यक्रममा अन्य सहभागिहरुले तालीमबाट कार्ययोजना बनाउँने, बजारीकरण कसरी गर्ने, सकारी, स्थानीय पालीका संग सहकार्य कसरी गर्ने भन्ने विषयमा ज्ञान हासील गरेको बताएका थिए ।
तालीमको प्रशिक्षकमा बासुदेव घिमीरे, सुरेस रावत, सन्देश चौधरी, सुजन खनाल, दिपक परियार लगाएतका रहनुभएको थियो । तालिममा दाङसहित बर्दीया, कञ्चनपुर, कपिलबस्तु, नवलपरासी लगाएत विभिन्न जिल्लाका फरेष्ट सम्बन्धि अध्यन गर्दै आएका १५
जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
ग्रिन फाउडेसन दाङका अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजीकरण अर्बिन पौडेलले गनुभएको थियो ।।