
दाङको तुलसीपुर–९ अटोभिलेजस्थित राममाया घर्तिको घरमा अबैध रूपमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा प्रेम प्रकाश वली, रमेश बस्नेत, गौरीलाल वली, दिनेश बन्जरा, खुम बहादुर बिक, धनबिर बिक, सन्तोष भण्डारी, चेतलाल भण्डारी र तिलकराम केसी रहेका छन्।
प्रहरी निरीक्षक बिनोदराज खत्रीको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझ सवा ६ बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकासँगबाट २ गड्डी तास र नगद रु ३४ हजार ६ सय ५ रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार

