
तुलसीपुर होटल व्यवसायीले सहजरुपमा व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै नगरप्रमुख टिकाराम खड्कालाई ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष इन्द्रबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले ११ बजेसम्म व्यवसाय गर्ने जिल्ला प्रशासनको नियम भए पनि प्रहरीले ९ बजे नै बन्द गराउने, अनावश्यक सिटी बजाउने, ग्राहकसँग दुर्व्यवहार गर्ने, व्यवसायीलाई हत्कडी लगाएर पक्राउ गर्ने जस्ता कार्य गरेको गुनासो गरेका छन्।
व्यवसायीहरूले सहुलियत नपाए होटल बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। यसबारे नगरप्रमुख खड्काले भोलि बिहान ८ बजे सरोकारवालासँग बैठक गरी होटल व्यवसाय सञ्चालनबारे नयाँ निर्णय गर्ने प्रतिवद्धता जनाउनु भएकाे छ ।
प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार

