सत्ता टिकाउन नागरिकता विधेयक पारित गरियो ः महासचिव पोखरेल



कसैले एमालेलाई कमजोर बनाउन सक्दैन् : शंकर पोखरेल - Vision News Nepal

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको भन्दै आलोचना गरेका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’

विगतमा नागरिकता विधेयक रोक्ने काम माओवादी केन्द्रकै तर्फबाट भएको र प्रचण्ड भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिनुले शंका पैदा गरेको पोखरेलले बताए ।

नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । ‘नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ महासचिव पोखरेलले भने । नागरिकता विधेयक विरुद्ध यही साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी पनि महासचिव पोखरेलले दिए ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्