तुलसीपुरमा सिलिकन एजुकेशनकाे उद्घाटन

कोरियाबाट फर्केका युवाले संचालनमा ल्याए


सिलिकन एजुकेशनको तुलसीपुर शाखा संचालनमा आएको छ । मनिसजंग शाह, बिष्णु पोखरेल, मनिष भूषाल, प्रतिक भुषाल र आशिष देवकोटा तुलसीपुर शाखा संचालनमा ल्याउनुभएको हो ।

पाँच जना युवामध्ये बिष्णु पोखरेल ९ वर्षअघि विदेशमा हुनुहुन्थ्यो । अध्ययनका लागि दक्षिण कोरिया पुगेका पोखरेल सन् २०१५ तिर कोरियामा जानुभएको हो । उच्च शिक्षाका लागि कोरिया पुगेका पोखरेलले अध्ययन संगै रोजगारी गरेर मासिक नेपाली ३ लाख ५० हजार बढी कमाउने गर्नुहुन्थ्यो ।

तर उच्च शिक्षा कोरियामा हासिल गरेपछि उहाँलाई कोरियामा बस्न मन नलागेपछि  केहि गर्न खोजेको बताउनुभयो ।

उहाँसहित पाँच जना युवाले अहिले तुलसीपुरमा सिलिकन एजुकेशनको शाखा संचालनमा ल्याउनुभएको हो । ३५ लाख बढीको लगानीमा तुलसीपुरमा सिलिकन एजुकेशन संचालनमा आएको हो ।

दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका लगायतका ठाउँमा उच्च शिक्षामा जान चाहनेका लागि सिलिकन एजुकेशन संचालनमा ल्याएको तुलसीपुर शाखाका सिईओ पोखरेलले बताउनु भयाे ।

अध्ययनका लागि कोरियासहित अष्ट्रेलिया, अमेरिका लगायतका देशमा जान सकिने उहाँले बताउनुभयो । तर विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि सिलिकन एजुकेशनको भूमिका प्रमुख हुने उहाँले बताउनुभयो ।

शाखाको आज बिहिबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । कोरियाबाट आउनुभएका केयुएसीका म्यानेजिङ डाइरेक्टर जुलिया जोङले सिलिकन एजुकेशन तुलसीपुर शाखाको उद्घाटन गर्नुभएको हो । शाखा तुलसीपुर स्थित ख लाइनमा रहेकाे छ ।

उहाँले शाखाको उद्घाटन गर्दै नेपाली विद्यार्थी अध्ययनशिल र अनुशासित हुने बताउनुभयो । उहाँले नेपाल आउन पाउँदा निकै खुशि लागेको समेत बताउनुभयो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसी, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सिइओ जनक भण्डारीले विदेशमा अध्ययन गरेर स्वदेशमा फर्किने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रमको सहजीकरण माधवा पोखरेलले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्