पढाई छ पैसा छैन, सहयोगी समृद्ध समाज छ

दंगीशरण ६ जनविकास मुल समितीको दोस्रो साधारण सभा तथा तिज मिलन कार्यक्रम


No description available.

दंगीशरण गाउँपालिका वडा न. ६ कि समिक्षा बुढाथोकि छात्रबृत्ती कोष पाएपछि खुसी भईन् । उनी कक्षा ७ मा अध्ययनरत छात्रा हुन् । पढाईमा निकै ध्यान दिने समिक्षा घरको आर्थीक अवस्थाले निकै चिन्तीत देखिन्छिन् । घरको अवस्था दयनीय छ । उनी सरकारी स्कुलमा पढ्छिन् तर जहिले प्रथम हुन्छिन् । समिक्षा कक्षामा प्रथम हुने बिधार्थी हुन् । कापि कलम जुटाउँन नसक्दा उनको पढाईमा असर परेको उनको अनुभव छ । उनीलाई कापि कलम सकिदा आमासंग भन्न पनि गाह्रो हुन्छ, किनकि आम्दानीको स्रोत केहि छैन । बुबाले छोडेर गएपछि आमालाई दुई सन्तान पढाउँन लेखाउँन निकै गाह्रो भयो । त्यहि चिन्ताले आमा ढाका बुढाथोकि समय समयमा बिरामी पर्ने गर्छिन् । समृद्ध समाजले आज शुक्रवार एक कार्यक्रमका विच कक्षा १२ सम्म पढ्नका लागि सहयोग होस् भन्ने उद्धेश्यले समिक्षालाई २५ हजार छात्रबृत्ती हस्तान्तरण गरेको छ । सो रकमले आम्दानीको स्रोत बढाई पढाईका लागि खर्च जुटाउँन सो रमक हस्तान्तरण गरेको हो । आमा ढाका बुढाथोकिले उक्त रकमले बाख्रा किनेर आम्दानी बढाउँने बताईन् ।

No description available.
समिक्षा जस्तै वडा न. २ कि दिपा के.सीलाई पढाई खर्चका लागि २५ हजारको छात्रबृत्ती हस्तान्तरण गरिएको छ । दंगीशरण २ कि ग्रेट अरनीको सेकेन्डरी स्कुल तुलसीपुर कक्षा १२ मा अध्ययनरत छात्रा दिपा के.सीलाई उक्त छात्रबृत्ती हस्तान्तरण गरिएको हो । बुबाको निधन भएपश्चात पढ्नका लागि समस्या भएपछि दिपालाई सहयोग गरिएको हो । दिपाकि आमा यस रकमले बाख्रा पालन गरि छोराछोरी पढाउँने बताईन् । घरको आर्थीक अवस्था कमजोर भएपछि दिपाकि आमालाई छोराछोरी पढाउँनका लागि निकै चिन्ता रहेको दिपाले बताईन् । “यहि पैसाले आमाले बाख्रा किनी बाख्रा पालन गर्नुहुन्छ हामीलाई पढ्नका लागि अलीकती भएपनि सहयोग मिल्यो ।” दिपा खुसी ब्यक्त गरिन् ।
यस्तै समृद्ध समाजले गत बर्ष दंगीशरण ६ का रीजन नेपालीलाई पनि छात्रबृत्ती प्रदान गरेको छ । समाजले रीजनलाई १६ हजार को छात्रबृत्ती प्रदान गरेको हो । रीजन अहिले पृथ्वी जनता मा.वी.श्रीगाउँ कक्षा ७ मा अध्ययनरत छन् । रीजनको वुवाको स्वर्गरोहन भएपछि आमा अनीता नेपालीलाई छोराको पालन पोषणमा निकै समस्या भयो । आम्दानीको स्रोत केहि नभएको घरमा घरमुलीको स्वर्गरोहन भएपछि आमा छोरा माईतीको घरमा बस्न थालीन । समृद्ध समाजले १६ हजारको छात्रबृत्ती उपलब्ध गराएपछि सोहि रकम बाट लुगा सिउँने मेसीन किनेर लुगा सिलाई पेषाबाट अहिले छोरा पढाईरहेको आमा अनीताले बताईन् । यस्तै गत वर्ष दंगीशरणका एक बिधार्थीलाई पनि छात्रबृत्ती प्रदान गरिएको थियो ।

यस्तै वडा न. २ कि पुष्पा घर्तीलाई पनी छात्रबृत्ती प्रदान गरेको छ । उनी अहिले कक्षा १२ मा पढ्छिन् । छात्रबृत्ती स्वरुप पाएको रकमबाट बंगुर र बाख्रा पालन गरि भएको आम्दानीले पुष्पा अहिले पढाईलाई निरन्तरता दिदै आएकि छिन् ।

No description available.
समृद्ध समाजले दंगीशरणका ५ जना छात्रछात्रालाई पढाईका लागि यसरी छात्रबृत्ती प्रदान गरेको छ । नेदरल्याण्डका ईनेक कोरीस  INEK    KROES  ले आफनो लगाएत केहि साथीहरुको खाजा खर्च कटाएर सहयोग स्वरुप पठाउँनुभएको रकमलाइृ छात्रबृत्ती स्वरुप प्रदान गरिएको हो । नेपालबाट योगी कायस्थले नेपालमा पढ्न चाहेका तर निम्न स्तरका बिधार्थीहरु धेरै भएको भनेपछि दंगीशरणका ती छात्रछात्राहरुको बायोडाटा पेस गरेपछि उक्त सहयोग प्राप्त भएको समृद्ध समाज दाङका अधिकृत पुनाराम पन्थीले जानकारी दिए । घरको अवस्था निकै दयनीय रहेको , निम्न स्तर भएकालाई आएमुलक काममा लगानी गरि अध्ययनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले यी छात्रछात्रलाई छात्रबृत्ती प्रदान गरेको अधिकृत पन्थीले बताए । यस्तै पढाईमा प्रथम हुनेलाई ५ हजार , द्धितीय हुनेलाई ४ हजार र तृतीय हुनेलाई ३ हजार पुरस्कार दिने समेत ब्यवस्था भएको जानकारी दिए ।

No description available.

यसैबिच दंगीशरण गाउँपालिका वडा न. ६ को जनविकास मुल समितीको दोस्रो साधारण सभा तथा तिज मिलन कार्यक्रम आज त्यँहा सम्पन्न भएको छ । समितीका अध्यक्ष दल बहादुर बुढाथोकिको अध्यक्षता एंव वडा सदस्य उर्मीला परियारको प्रमुख आतीथ्यतामा सभा सम्पन्न भएको हो ।

No description available.
सभाले बार्षिक तथा आर्थीक प्रतिवेदन प्रश्तुत गरेको । ललीता रोकाले प्रश्तुत गर्नुभएको प्रतीवेदनमा ८ वटा समुहको कुल कोष ९ लाख ५३ हजार २५ , लगानीमा ९ ला ५० हजार ५ सय र नगद मौज्दाद २ हजार ५ सय २५ रु. रहेको जानकारी गराए । मुल समितीमा शक्ती समुह लेटार, मुनाल समुह, हिमाल समुह बागर, लालीगुरासँ समुह राजपुर, प्रगती समुह प्रसडुवा, सरस्वती समुह प्रसडुवा नयाँ बस्ती, सगुन समुह थपगाउँ र पशुपती समुह माथील्लो राजपुर गरि ८ वटा समुह रहेको छन् । समीतीमा १४ जना महिला र ३ जना पुरुष गरि १७ जना रहेका छन् । यस्तै समुहबाट ७ सय २५ महिला र १ सय २५ पुरुष गरि ८ सय ५० जनसख्ंया लाभान्वीत छन् । सामुदायीक समुहहरुको मेलमिलाप तथा एकता कायम गर्ने, सामुदायीक समुहमा योजना बनाउँने, सामाजीक विकृती विसंगतीको न्यूनीकरण गर्ने उद्धेश्यले गठन भएको मुल समितीले गाउँ समाजमा विभीन्न सामाजीक कार्यहरु गर्दै आएको छ ।

No description available.

No description available.

 

कार्यक्रममा वडा सदस्य टंकी भण्डारी, समृद्ध समाज दंगीशरण अध्यक्ष दिल कुमारी वि.क, नेपाल पत्रकार महासंघ दाङका सह– सचिव दिप्तीशिखा चौधरी, सिद्ध महिला बचत क्रृण सहकारी सस्ंथाका अध्यक्ष बिष्णा गौतम, समृद्ध समाजका भिष्मा विसी, सुनीता चौधरी , राजकुमारी चौधरी सदस्य विर्षना ज्ञवाली, जनएकता मुल समुहकि अध्यक्ष नारायणि देवकोटा, सरस्वती समुहकि आसा नेपाली लगाएतले शुभकामना मन्तबय ब्यक्त गरेका थिए ।

No description available.

No description available.

जनविकास मुल समितीको आयोजना समृद्ध समाज दंगीशरणको समन्वय तथा सहकर्मी समाजको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रमको शहजीकरण टोपा वलीले गरेकि थिईन् ।कार्यक्रममा महिलाहरु तिज नृत्य प्रश्तुत गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्