साझा आवाज मुल समिती दंगीशरण गाउँपालिका वडा न. ४ को दोस्रो साधारण सभा तथा तीज मिलन कार्यक्रम आज शनीवार सम्पन्न भएको छ । दोस्रो साधारण सभामा समीतीका सचिव पार्वती चौधरीले बार्षिक तथा आर्थीक प्रतीवेदन प्रश्तुत गर्नुभएको थियो । प्रश्तुत गरिएको प्रतीवेदन अनुशार सामुदायीक समुहहरुको मेलमिलाप तथा एकता कायम गर्ने, सामुदायीक समुहमा योजना बनाउँने, सामाजीक विकृती विसंगतीको न्यूनीकरण गर्ने उद्धेश्यले गठन भएको मुल समितीले गाउँ समाजमा विभीन्न सामाजीक कार्यहरु गर्दै आएको छ । सामुहिक तरकारी खेती, बाटो झाडि सरसफाई, पशु पालन गरि आय आर्जनमा बृद्धि लगाएतका कार्यहरु गर्दै आएको छ । समितीमा ६ वटा समुह रहेका छन् । जसमा समुह सदस्य १ सय ११ महिला र ८ पुरुष गरि १ सय १९ जना रहेका छन् । यस्तै समितीमा १ पुरुष र १२ महिला गरि १३ जना रहेका छन् भने लाभान्वीत जनसंख्या २ सय ९९ महिला र २ सय ९९ पुरुष गरि ५ सय ९८ जना रहेका छन् ।
यस्तै मुल समितीले आज भव्यताका साथ तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मुल समितीका अध्यक्ष शेखर चौधरीको अध्यक्षता एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा वडा न. ४ का
वडा अधयक्ष कमल चौधरी, महिला सदस्य द्रोपती चौधरी, दलीत महिला सदस्य तेस कुमारी परियार, समृद्ध समाजका सचिव बालकृष्ण खड्का लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको शहजीकरण समिती सदस्य सुशीला चौधरीले गर्नुभएको थियो ।