सञ्चारकर्मी महिलाहरूका लागि खोजमूलक समाचार लेखन तालिम



घोराहीमा सञ्चारकर्मी महिलाहरूका लागि तीनदिने खोजमूलक समाचार लेखन तालिम सुरु भएको  छ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सञ्चारिका समूह लुम्बिनीको समन्वयमा तालिम संचालन गरिएको हाे ।

तालिममा दाङ र रोल्पाका पत्रकार महिलाहरूको सहभागिता छ।

तालिम उद्घाटन गर्दै उपसचिव भूपेन्द्र पाण्डेले आर्थिक तथा सामाजिक विषयमा सशक्त रूपमा आवाज उठाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो।

उद्घाटन कार्यक्रम सञ्चारिका समूह लुम्बिनीकी सल्लाहकार नारायणी रजौरेको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा समूहकी अध्यक्ष अमृता अनमोल, सल्लाहकार लक्ष्मी आचार्य र महासंघ लुम्बिनीका महासचिव पाण्डवप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए।

तालिम असार ७ गतेसम्म चल्नेछ।

 

प्रकाशित मिति : २०८२ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्