पश्चिम दाङमा गाडी दुर्घटना, दङ्गिशरणका एक जना घाइते



पश्चिम दाङकाे हापुरेबाट हसपुरतर्फ जाँदै गरेको बा ११ च ११०४ नम्बरको उइङ्गर गाडी दुर्घटना हुँदा एकजना गम्भीर  घाइते भएका छन्।

बबई गाउँपालिका-३ धनवासमा (आज) मंगलबार  राति करिब ९ बजेतिर  अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी दङ्गिशरण गाउँपालिका-४ बैवाङ निवासी ५८ वर्षीय कमानसिंह वलि गम्भीर घाइते हुनुभएकाे हाे । उहाँकाे टाउको, निधार, दुबै हात र खुट्टामा चोट लागेको छ।

घाइते वलिलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्