दिप्तिशािखा चाैधरी
शुरेस भुषाल दुर्ब्यसनमा फसेकाहरुको अभिभावक बनेको आज दश वर्ष पुगेको छ । भुषाल दुर्ब्यसनको लत बाट निस्किएपछि दुर्ब्यसनमा लागेकाहरुको उपचारमा समय र जिवन खर्चीनुभएकाे छ । अर्घाखाँची जिल्लामा जन्म लिएका भुषाल २०५७ मा दाङ बसाइँ सरेकाे उहाँ बताउनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका वडा न.१९ हाडिमेमा रहेको नँया पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक भुषालको दैनीकी नै दुर्ब्यसनिमा लागेका ब्यक्तिहरुसंग उठबस र रेखदेखमा बित्छ ।
राप्ती अंचलकै पहिलो सुधार केन्द्रको रुपमा स्थापना भएको नँया पाईला भत्कीएका पाईलाहरुलाई सुधार गर्न सफल एक सस्था हो । जँहा हरेक किसीमका विग्रीएका मानीसहरु आउँछन् र सुध्रिएर जान्छन् ।
“मान्छे डिप्रेसनमा गयो भन्ने ड्रग्स सेवन गर्न थाल्छ । दुर्ब्यसनमा परेकाहरु सुधार्ने ठाउँ भनेको नेपालमा सुधार गृह नै हो । शारीरीक, मानशिक अवस्था परिवर्तन गर्र्दै ब्यवहार परिवर्तन गर्ने सम्पुर्ण दृष्टिकोणबाट आएर काउन्सिलीङ गरेर जिवन बदल्न सक्यो भने मात्र मान्छे बन्न सम्भव छ तर परिवारले त्यो समय दिनुहुदैन । दुर्ब्यसनमा फसेका ब्यक्तिबाट सबै कुराको आसा राख्नुहुन्छ । उ राम्रो पनि होस्, कमावस्, पढोस् गर्नुपर्ने काम सबै गरोस् भन्ने चाहा राख्दा फेरि डिप्रेसनमा जाने सम्भावना धेरै हुन्छ ।”– निर्देशक भुषालले भन्नुभयो ।
दुर्ब्यसनबाटै आएर सस्थामा काम गर्न थालेका हमाललाई विगत सम्झीदा “मैल के पाए र ?” भन्ने लाग्छ ।
उँहा विगत सम्झीनुहुन्छ – “अत्यधिक मात्रामा मदिरा सेवन गर्थे । विभीन्न सस्ंथाहरुमा असीस्टेन्टको रुपमा पनि काम गरे । काम गर्दागर्दै दुब्र्यसनमा लागेर काम गर्न नसक्ने भए । सुधार केन्द्रमा पिट्छन्, मार्छन भनेर भर्ना हुन आउँदै गरेको मान्छे पनि म धेरै पटक बिच बाटोबाट फर्किए । पछि मलाई बल्याक जन्डिस भयो । डा. ले घरमै बाधेर राख्नुस् कि सुधार केन्द्रमा राख्नुस् भनेपछि आमाले झुक्याएर सुधार केन्द्रमा ल्याउनुभयो । केहि महिना पछि ठिक भएपछि नँया पाईलालाई नँया ढंगले संचालन गर्ने सोच आयो । त्यो समयमा सुधार केन्द्रको अवस्था दयनीय थियो । एक मात्र सुधार केन्द्र । को काँहा बाट आयो ? कुनै अभिलेख थिएन । विरामीको प्रशासन बनाउँन कागज पत्र बनाउँन मलाई डेढ बर्ष लागेको थियो । दुब्र्यसनीकै क्रममा उपचारमै आएको मान्छे अहिले अरुको जिवन सुधारमा लाग्दा गर्व महशुस गर्छु ।”
उँहा भन्नुहुन्छ – “३४ वर्षको उमेरमा दुर्ब्यसनमा लागेको थिए । तर सुधार हुन धेरै वर्ष लागेन बाहिर निस्कन सफल भए । डेढ महिनामा अफिसको कामकाज गर्न सुरु गरे। त्यो समयमा भैरव युवा सशक्तीकरण केन्द्र शाखा चल्थ्यो । नँया पाईला दर्ता प्रक्रियामा थियो । म त्यहा भर्ना भएको र नँया पाईला पुनस्थापना दर्ता गरेर दाङ जिल्ला यस्तो संस्थाको आवश्यक्ता छ भनेर यस सस्थालाई अगाडि बढाएको हुँ । सुधीर पौडेल यसको सस्ंथापक अध्यक्ष हुनुहुन्छ ।”
हरेक काम गर्न सहज छैन तर सस्थालाई चलाएमान बनाउँन, हजारौँको जिवन बचाँउनका लागि मेहनतका साथ लागिपरेको उँहा बताउँनुहुन्छ ।
“सस्था बलीयो भएको छ । हरेक किसीमका लतमा फसेकाहरुलाई फेरि उहि जिवनमा फर्काउँनु चानचुने कुरा होइन । अभिभिवाकहरु तुरुन्त हरेक कुरामा स्वास्थ होउस् भन्ने चाहन्छन्, केहि समय लाग्छ भन्ने सम्झिदैनन् । तुरुन्त राम्रो रिजल्ट खोज्छन् । पुर्ण रुपमा बिग्रिएकालाइ सुधार हुन समय लाग्छ भन्ने कुरा बुझिदिन जरुरी छ ।”
भुषालका अनुशार–अहिले १६ बर्ष देखि ५८ वर्ष सम्मका दुर्ब्यसनमा परेकाहरु भर्ना भएका छन् । पछिल्लो समय यता ३५ जना दुर्ब्यसननिहरु छन् । फरक फरक प्रकृतीका ब्यक्तिहरु छन् । जसमा ट्याब्लेट, ब्राउन सुगर सेवन गर्ने बढि छन् ।”
परिवारले माया गरेको , रेखदेख गरेको तर दुर्बयसन बाट मुक्त हुन, छाेड्न परामर्श संगसंगै औषधि सेवन गराईराखिएको छ । करीव ६ महिना प्राथमिक उपचार पछि पुर्ण रुपमा पहिलेकै अवस्थामा फर्किन २ वर्ष लाग्ने गर्छ । मनोचितीक्सकको परामर्श संगसंगै जिवन बुझ्नका लागि आध्यात्मीक ज्ञानका कुराहरु पनि सिकाईने गरेको छ । कहिलेकाहि प्रहरी प्रशासनको सहयोग पनि लिने अवस्था आउँने गरेकाे बताउनुभयो ।
२०७१ साल यता सबैको जिवनी रेकर्ड गरेर राखेको छ । दश बर्षको अवधिमा हजारौँ मान्छेको जिवन सुध्रिएपनि सस्ंथाको तथ्यांकमा हेर्दा १६ सयकाे हाराहारीमा समाजमा पुनस्थापना भईसकेका छन् । सस्ंथामा अहिले रुकुम, रोल्पा, प्युठान, अर्घाखाचि र दाङ जिल्ला संग सटेका मान्छेहरु आउँने गरेकाे बताउनुभयो ।
नँया पाईलाबाट उपचार पाएर नँया जिवन पाएकाहरुले अहिले नेपालभरीमा २८ वटा सस्ंथा संचालनमा ल्याएका छन् ।
भुषाल भन्नुहुन्छ–“अहिले आफु सुध्रिएर अरु दुर्ब्यसनमा परेकाहरुलाई सुधार गर्न पाउँदा खुसी लाग्छ । धर्म गर्न मन्दिर जानु परेन । पुजारी बन्नु परेन । सह्राहनीय काम गरेको छु, गर्व लाग्छ आफैँदेखि ।
कहिले काहि सम्झीदा सात बर्षको अवधिमा धेरै चिज गुमाए, के पाए र ? जस्तो लाग्छ । जे भयो राम्रो को लागि भयो भनेर चित्त बुझाउँछु । आज हजारौँ आमाको आर्शिवाद मेरो शिर माथी छ । हिजो विग्रीए आज सुध्रिय नविग्रेको भए सुध्रिने मौका पनि पाउँदैनथे । हजारौँको जिवन बचाउँने शिक्षा पाए भन्ने लाग्छ । यो मेरो सिकाई हो ।”
“सुधार केन्द्र एउटा समुन्द्र हो । यँहा हरेक किसीमका मान्छे छन् । सस्ंथा माफर्त धेरैको जिवन सुध्रिएको छ । धेरै जना ब्यवसाय संग जोडिएका छन् । बिभीन्न ठुलो ठुलो पद ओहदामा पुगेकाहरु पनी यँहा सुध्रिन आउने गरेका छन् । जिल्ला भित्र बाट मात्र होईन जिल्ला बाहिर बाट पनि धेरै जना आउँने गर्दछन् । नेपालको उत्कृष्ट सुधार केन्द्रको रुपमा पु¥याउँन सफल हुँदा खुसी लाग्छ ।”